३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ

३ पुष २०८१, बुधबार ११:४९

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको ६ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ ।

सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर, आसिफले कप्तानी गर्ने कर्णाली भर्सेस चितवन: वाल्टन ‘प्लेयर अफ द म्याच’ घोषित ६८ लाख हुन्डी रकमसहित चार जना पक्राउ रोहितको उच्च स्कोरलाई उछिन्दै रवि बोपारा एनपीएलमा सर्वाधिक रन बनाउने ब्याटर चितवन राइनोजलाई २१ रनले हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट