८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला

३ पुष २०८१, बुधबार १३:१४

विराटनगर। मेडिकल व्यावसायी दुर्गा प्रसाईंको पक्षबाट उच्च अदालत विराटनगर, इलाम इजलासमा दायर भएको रिट खारेज भएको छ। रिट खारेजीपछि बैङ्कलाई ऋण असुलीको बाटो खुलेको छ।

बैङ्कले ऋण असुलका लागि ताकेता गरेपछि प्रसाईंको पक्षबाट निषेधाज्ञाको मागसहित रिट दायर भएको थियो । उक्त रिटको अन्तिम सुनुवाइका क्रममा मंगलबार इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरेको हो।

उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो। कुमारी बैङ्कको बिर्तामोड शाखासहितका बैङ्कविरुद्ध प्रसाईको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैङ्कलाई ऋण असुल गर्ने बाटो खुलेको छ।

दुई वर्षयता प्रसाईंले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिदैँ आएका छन्। यसका लागि अभियानै चलाएका उनी आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि अदालत पुगेका थिए।

कुमारी बैङ्कको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैङ्कलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए। यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो। १८ पटक पेशी चढेको यो रिटको सुनवाई ९ पटक स्थगित भएको थियो।

ऋणीले ऋण नतिरे धितो लिलामीबाट बैङ्कले ऋण असुल गर्न सक्नेछन्। पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैङ्कबाट २ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्।

प्रसाईंलाई बिएन्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो। मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका प्रसाईं भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग ‘कनेक्सन’ देखिएपछि प्रहरी हिरासतमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध फेक भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर ४ गते पक्राउ परेका थिए। विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो। संगठित अपराध र आपराधिक लाभको कसूरमाथि छानविन चलिरहेका कारण उनी छुटेनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै