८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ

३ पुष २०८१, बुधबार १५:०३

मुगु | श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-११ का २८ वर्षीय कृष्ण कुमाई छन्। उनले आफ्नी श्रीमतीमाथि पटक-पटक कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोप छ।

गत कात्तिक २० मा उनले श्रीमती पदमकला साउदमाथि चिर्पटले आक्रमण गरेका थिए। साउद गाई चराउन जंगलमा गएका बेला उनले त्यहीँ पुगेर दाउराको चिर्पट प्रहार गरेका थिए।

त्यसपछि घाइते भएकी उनको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि साउदलाई पछि वडाध्यक्ष कन्जुमा कुमाईले उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको थियो।

पटक-पटक मदिरा सेवन गर्दै कुटपिट गरेको र घरेलु हिंसा गरेको, मन्जुरी बिना करणी गर्ने गरेको भन्दै श्रीमतीले मुगु प्रहरीमा जाहेरी दिएकी थिइन्। गएको बिहीबार राति पुनः मदिरा सेवन गरेर कुमाईले श्रीमतीमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले श्रीमान कृष्णमाथि अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै