८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला

३ पुष २०८१, बुधबार १६:५५

काठमाडौँ | केही वर्षदेखि राष्ट्रिय एकता अभियानको नेतृत्व गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम आफ्नो अभियानलाई विश्राम दिने मनस्थितिमा पुगेका छन् ।

उनी एकता अभियानको दलबलसहित छिट्टैनै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । एकीकृत समाजवादीको मंगलबार सकिएको स्थायी समितिको बैठकले वामदेवलाई पार्टीमा भित्र्याउने इच्छा देखाएपछि उनी सोही पार्टीमा जाने तयारीमा जुटेका हुन् ।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने तयारीमा थिए । पटक-पटक नेकपा एमालेमै फर्किने कोशिस गरेका गौतम सफल भएनन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटेर पार्टीमा भित्र्याउन आग्रहसमेत गरेका थिए । तर, एमालेले भाउ दिएनन् । एमालेले भाउ नदिएपछि गौतमले एकीकृत समाजवादीमा जाने मनस्थिति बनाएका हुन् ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमले भोलि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी गरेका छन् । गौतम र नेपालबीचको भेट भोलिका लागि तय भएको र भोलि नै यस विषयमा निर्णय हुने बताईएको छ ।

यता एकीकृत समाजवादीमा जान लागेका गौतमलाई नेकपा एमालेले भने अलमल्याउने प्रयास गरेको छ । एमालेका दोस्रो तहका केही नेताहरुले गौतमलाई फोन गरेर तत्काल एकीकृत समाजवादीमा नजान भनेका छन् । एमाले महासचिव शंकर पोख्रेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल पार्टी प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘केही समय कुर्नुहोला । हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला । केही समय धैर्य गर्नुहोला’ एमाले नेताको भनाइ उदृत गर्दै स्रोतले भन्यो । पार्टीमा भित्र्याएर भैसेपाटी क्षेत्रको इन्चार्ज बनाउन भन्दा समेत नमानेको तर,अहिले रोक्ने प्रयास गरेको भन्दै वामदेवले भने असन्तुष्टि पोखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै