२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, कार्यसूची यस्ता छन् !

२०८१, ४ पुष बिहीबार ०९:३९

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधि सभातर्फका दुईवटा र राष्ट्रिय सभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

बिहान साढे ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमत उपसमितिसमक्ष पेस भएको प्रतिवेदनमा छलफल हुने कार्यसूची छ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ भने दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।

बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने