काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक आज ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल हुने जनाइएको छ। बैठकबाट केही नियुक्ति, बढुवाका लगायतका निर्णय हुनसक्ने बताइएको छ।