काठमाडौँ | पूर्वपरराष्ट्रमन्त्री एनपी साउद सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुनका लागि मोरक्को प्रस्थान गरेका छन् ।
डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुन गइरहेको सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन मोरक्को गएका उनको सचिवालयले जनाएको छ ।
सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो