८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको हिरासतको तस्बिर भाइरल भएपछि रन्जिताको टिप्पणी– रेशममाथि विभेद भएको रहेछ

४ पुष २०८१, बिहीबार १६:३२

काठमाडौँ | प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिर सार्वजनिक भएपछि रास्वपाका समर्थकहरूले लामिछानेमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै सरकारको आलोचना गरिरहेका छन्।

यसै क्रममा, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले पनि प्रतिक्रिया जनाएकी छिन्। उनले आफ्ना श्रीमान् रेशम चौधरीलाई प्रहरी नियन्त्रणमा राखिएका बेला अस्पतालको शय्यामा फलामको शिक्री बाँधिएको तस्बिर सेयर गर्दै अहिलेको कारागारमा धेरै सुविधा रहेको टिप्पणी गरेकी छिन्।

रन्जिता श्रेष्ठले लेखेकी छिन्, “रेशम चौधरी यसरी बस्नु हुन्थ्यो, अहिले त धेरै सुख–सुविधा हुने रहेछ कारागारमा। पूर्व गृहमन्त्री माननीय रवि ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथि भने विभेद भएकै हो जस्तो लाग्यो।”

रेशम चौधरी टिकापुर घटनामा दोषी ठहर भई सांसद रहेका बेला पक्राउ परेका थिए। त्यसबेला खुट्टामा शिक्री बाँधिएको अवस्थाको तस्बिरले व्यापक चर्चा पाएको थियो।

श्रेष्ठले चौधरीमाथि भएको व्यवहारलाई विभेदपूर्ण बताउँदै, आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टीका जन्मदाता चौधरीलाई पनि जननिर्वाचित सांसदकै रूपमा सम्मान पाउनुपर्ने धारणा राखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै