८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ

५ पुष २०८१, शुक्रबार १२:४२

काठमाडौँ | पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन् ।

रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई हिजो राती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुँदा पार्टीले गरेको आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि भौतिक आक्रमण भएको थियो ।

यो घटनाको भत्र्सना गर्दै पत्रकार सम्बद्ध संघ संगठनहरुले कुटपिटमा संलग्नमाथि कारवाहीको माग गरेका थिए । रास्वपाका सहप्रवक्ता मनिष झा र जिल्ला समितिले आफनो आन्दोलनमा घुसपैठ भएको भएको भन्दै पत्रकारमाथि आक्रमण गर्ने समूहलाई कार्वाही गर्न सघाउने बताएको थियो ।

पत्रकार देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ । यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै