९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेसमा बीपीको नाम लिएर उम्किने परिपाटीको विकास भएको छ : महामन्त्री गगन थापा

५ पुष २०८१, शुक्रबार १७:२१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीपी कोइरालाको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै पार्टीभित्र नेताहरूलाई सुनेको आधारमा मात्र बीपीको नाम जोडेर कुरा नगर्न आग्रह गरे ।

थापाले बीपीको नाम र सन्दर्भ सन्दर्भका आफैंले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । ‘तर आफूलाई लागेको कुरा बीपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने अभ्यास बढेको छ,’ उनले असन्तुष्ट व्यक्त गरे |

थापाले भने, ‘ ‘पार्टीभित्र कयौँ विषयहरू छन् । कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला’ उनले भने, ‘यो कुरा ठिक भएन भन्दै गर्दा बीपी कोइरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ ।’

महामन्त्री थापाले खासगरी धर्मका सन्दर्भमा बीपीलाई जोडेर आफ्नो कुरा बोल्ने अभ्यास बढी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता