८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुदूरपश्चिम पुगेर शेखरले भने– ‘कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु

६ पुष २०८१, शनिबार ११:११

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् ।

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले सम्बोधन गर्दै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिन्छु । म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु । बिगतमा तपाईंहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । तपाईंहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ ।’

कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै महाधिवेशन समयमै हुनुपर्ने बताए । उनले देश र लोकतन्त्रलाई बचाउन भए पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए ।

उनले कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको दाबी गरे । उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर सरकारको कार्यशैली भने सन्तोषजनक छैन । म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता