२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा

२०८१, ७ पुष आईतवार १४:१६

काठमाडौँ | कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका विरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए । ‘अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ’ उनले भने ।

लामिछानेविरुद्ध फरकफरक कसुरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको हो ।

कास्की प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनु पर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

यसैबीच लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि एउटा मुद्दामा प्रतिवादी बनाइएको छ ।

निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। लामिछानेले ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ ।

निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो । सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । सहकारी ठगीको रकम निकिताको खातामा जम्मा गरेको आरोप लगाउँदै निकिताका नाममा भएको सम्पत्ति जफत गर्न माग गरिएको हो।

रवि लामिछाने र छविलाल बन्जाडे (जोशी) सहितका प्रतिवादीहरूलाई तीन वटा कसुरमा अभियोग पत्र दायर गरिएको छ । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग लगाइएको छ । यस्तै सोही कसुरमा रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ ।

यस्तै बीरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो । उनीहरूविरुद्ध व्यक्तिगत र सामूहिक बिगो कायम गरिएको छ । उनीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सउ ९४ रुपैयाँ बिगो दाबी गरिएको छ । जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार