२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित

२०८१, ७ पुष आईतवार १४:४०

काठमाडौँ | ललितपुरको भैँसेपाटी प्रभागबाट सार्वजनिक भएको हनी ट्र्याप घटनामा प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालतमा आफैँ उपस्थित भएकी छन्। जिल्ला न्यायाधीश रीताकुमारी बखरेलको इजलासमा शाहीको बयान सुरु गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले बताए।

अदालतमा बयान सकिएपछि थुनछेक आदेश हुनेछ। यसअघि व्यवसायीलाई हनी ट्र्यापमा पारेको घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले मंसिर १३ गते इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो।

व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई २ लाख र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश छ। व्यवसायीबाट अशुलेको २० लाख रुपैयाँ भिमादेवीको खातामा जम्मा गरिएको थियो। प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हनी ट्र्यापको आरोपमा उनीससहितलाई प्रतिवादी कायम गरेर मुद्दा दर्ता गरेको थियो। शाही भने अनुसन्धान सुरु भएपछि फरार थिइन्। उनी भैँसेपाटी प्रहरी प्रभागको इन्चार्ज हुँदा पीडितलाई नै हिरासतमा राखिएको सीसीटीभी फुटेज फेला परेको छ।

२०८१ असोज ७ गते दिउँसो १२ः३० बजे जाहेरवालालाई नै पक्राउ गरेर भैँसेपाटी प्रभागको हिरासतमा राखिएको र हिरासतमा राखेको १३ मिनेट ३४ सेकेन्डपछि बाहिर निकालिएको फुटेज फेला परेको छ। प्रहरीकै संलग्नतामा भैँसेपाटी प्रभागमा एक व्यवसायीलाई झुटो आरोपप लगाएर थुनामा राखिएको र रकम बार्गेनिङ गरेर छाडिएको अभियोग छ। २० लाख रुपैयाँ लिएको पाइएपछि उनीहरुमाथि उच्च तहबाट अनुसन्धान भएको थियो।

शाहीको सल्लाहअनुसार नै कुटपिट तथा गालीगलौज गरेको भनी व्यवसायीविरुद्ध प्रहरी कार्यालयभित्रै निवेदन तयार गरिएको थियो। सुस्मा विश्वकर्माको नामबाट दिइएको निवेदन तोक लगाए पनि दर्ता भने गरिएको थिएन। भोलिपल्ट ती व्यवसायी (हनी ट्रयापमा परेका व्यक्ति) लाई फोन गरेर रेस्टुराँमा बोलाउन सुस्मालाई लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने