८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित

७ पुष २०८१, आईतवार १४:४०

काठमाडौँ | ललितपुरको भैँसेपाटी प्रभागबाट सार्वजनिक भएको हनी ट्र्याप घटनामा प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालतमा आफैँ उपस्थित भएकी छन्। जिल्ला न्यायाधीश रीताकुमारी बखरेलको इजलासमा शाहीको बयान सुरु गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजिवन महतोले बताए।

अदालतमा बयान सकिएपछि थुनछेक आदेश हुनेछ। यसअघि व्यवसायीलाई हनी ट्र्यापमा पारेको घटनाका मुख्य योजनाकार ताजमुल भन्ने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले मंसिर १३ गते इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो।

व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई २ लाख र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश छ। व्यवसायीबाट अशुलेको २० लाख रुपैयाँ भिमादेवीको खातामा जम्मा गरिएको थियो। प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हनी ट्र्यापको आरोपमा उनीससहितलाई प्रतिवादी कायम गरेर मुद्दा दर्ता गरेको थियो। शाही भने अनुसन्धान सुरु भएपछि फरार थिइन्। उनी भैँसेपाटी प्रहरी प्रभागको इन्चार्ज हुँदा पीडितलाई नै हिरासतमा राखिएको सीसीटीभी फुटेज फेला परेको छ।

२०८१ असोज ७ गते दिउँसो १२ः३० बजे जाहेरवालालाई नै पक्राउ गरेर भैँसेपाटी प्रभागको हिरासतमा राखिएको र हिरासतमा राखेको १३ मिनेट ३४ सेकेन्डपछि बाहिर निकालिएको फुटेज फेला परेको छ। प्रहरीकै संलग्नतामा भैँसेपाटी प्रभागमा एक व्यवसायीलाई झुटो आरोपप लगाएर थुनामा राखिएको र रकम बार्गेनिङ गरेर छाडिएको अभियोग छ। २० लाख रुपैयाँ लिएको पाइएपछि उनीहरुमाथि उच्च तहबाट अनुसन्धान भएको थियो।

शाहीको सल्लाहअनुसार नै कुटपिट तथा गालीगलौज गरेको भनी व्यवसायीविरुद्ध प्रहरी कार्यालयभित्रै निवेदन तयार गरिएको थियो। सुस्मा विश्वकर्माको नामबाट दिइएको निवेदन तोक लगाए पनि दर्ता भने गरिएको थिएन। भोलिपल्ट ती व्यवसायी (हनी ट्रयापमा परेका व्यक्ति) लाई फोन गरेर रेस्टुराँमा बोलाउन सुस्मालाई लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ