2026-11-01 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता

कास्की | सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको हो।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार साढे ४ सय पेजको अभियोगपत्र दर्ता भएको छ। अहिले प्रमाणहरू रूजु गर्ने काम भइरहेको शर्माले जानकारी दिइन्।

कति जना प्रतिवादी, कति बिगो रकम र कुन-कुन कसुर अनुसार दर्ता भएको हो भन्नेबारे दर्ताको प्रक्रिया सकिएपछि जानकारी गराइने उनले बताइन्।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।

उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो। त्यतिबेला राईविरूद्ध मुद्दा दर्ता गरिएको भए पनि लामिछानेविरूद्ध भने मुद्दा दर्ता गरेको थिएन।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको थियो।

पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको हो।

यसअघि सरकारी वकिलको कार्यालयले उनीहरूलाई सहकारी ठगीको अभियोग मात्र लगाएर मुद्दा दायर गरेको थियो। उनीहरूमाथि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको थप अभियोग दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द