८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी

८ पुष २०८१, सोमबार १३:३५

काठमाडौँ | सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।

बैठक आज साँझ ४ बजे भर्चुअल माध्यमबाट बस्ने उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए। कतिपय नेताहरू उपत्यकाबाहिर रहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको अर्यालको भनाइ छ।

बैठकले रास्वपाको कार्यवाहक सभापति तोक्नेछ। कार्यवाहक सभापति उपाध्यक्ष अर्याललाई नै तोक्ने अनौपचारिक समझदारी रास्वपामा बनेको नेताहरूले बताएका छन्।

यसअघि नागरिकता विवादका कारण रविको सांसद र सभापतिको पद गएपछि पनि अर्याल नै कार्यवाहक सभापति बनेका थिए।

सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै आइतबार कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रास्वपामा सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टी सञ्चालनका लागि कार्यवाहक तोक्ने तयारी भएको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्ने बताइन्छ ।

यसैबीच संघीय संसद् सचिवालयका अनुसार सभामुख घिमिरे छलफलमा रहेको र लामिछानेको पदको विषयमा सोमबार नै सूचना टाँस गर्ने/नगर्ने निर्णयबारे निर्णय लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ