८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’

८ पुष २०८१, सोमबार १४:०४

काठमाडौँ | रास्वपाका सांसदहरुलेले सभामुख देवराज घिमिरेलाई भेटेर सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने जिकिर गरेका छन्।

सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा रास्वपा सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका हुन्।

सोमबार बिहान सिंहदरबारस्थित कार्यालय सभामुख घिमिरेसँग भेट गर्दै रास्वपका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिको सांसद पद निलम्बन गरिए कानुनको बर्खिलाप हुने र निलम्बन गरिए रास्वपाले यसविरुद्ध अदालत जाने तयारी समेत गरेको बताएका हुन्।

उनीसँग सांसद गणेश पराजुली र सोबिता गौतम पनि सँगै थिए। जवाफमा सभामुख घिमिरेले आफूले नियम कानुनअनुसार निर्णय गर्ने बताएका थिए।

‘उहाँहरुको कुरा नोटिस निकाल्न मिल्दैन भन्ने छ’, सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले भने, ‘सभामुखले हामी कानुन नियमहरु हेर्छौँ। विधिबमोजिम नै नोटिस निकाल्ने वा ननिकाल्ने निर्णय गर्छौँ भन्नुभयो।’

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो। सोको जानकारी सभामुख घिमिरेलाई पनि आइतबार नै गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ