८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमृत क्याम्पसमा अखिल क्रान्तिकारीको कार्यक्रममा झडप, एक घाइते

८ पुष २०८१, सोमबार १८:०२

काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव शक्तिबहादुर बस्नेत उपस्थित भएको कार्यक्रममा झडप भएको छ। झडपमा एक जना घाइते भएका छन्।

अखिल क्रान्तिकारी अस्कल क्याम्पस कमिटीले आयोजना गरेको २०८१ ब्याज स्वागत कार्यक्रममा आयोजकद्वारा बोलाइएका बाहिरी क्याम्पसबाट आएका अतिथिहरूले अमृत क्याम्पस खेलमैदानमा खेलिरहेका क्याम्पसका विद्यार्थीहरूलाई धम्क्याएपछि झडप शुरु भएको हो।

उनीहरुले खेलमैदान छोड भनेर अनेरास्ववियुका केही नेताहरूलाई मुक्का प्रहार गरेपछि अमृत क्याम्पस कमिटी त्यसको प्रतिरोधमा उत्रिएको थियो। त्यसपछि अनेरास्वबियु अस्कल क्याम्पस कमिटी र क्रान्तिकारी अस्कलबिच झडप भएको हो।

अखिल क्रान्तिकारीद्वारा आयोजित उक्त कार्यक्रम अहिले स्थगित भएको छ । अहिले घटनास्थलमा प्रहरीहरू तैनात अवस्थामा रहेको बताइएको छ।

अनेरास्ववियुमा आस्थावान प्रथम वर्षमा अध्ययनरत विद्यार्थी सुरज पोखरेललाई क्रान्तिकारीका अतिथिहरूले आक्रमण गरेर घाइते बनाएपछि झडपको माहोल सिर्जना भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ