८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

११ पुष २०८१, बिहीबार १६:०१

काठमाडौँ | शोभा पाठक भन्ने जानुका पाठकविरुद्ध साइबर क्राइमको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।धादिङको ज्वालामुखी गाउँपालिका ७ घर भई हाल सितापाइला बस्ने पाठकलाई पक्राउ गरेर प्रहरीको स्वयम्भू वृत्तले अनुसन्धान गरेको थियो।

राजकुमार त्रिपाठीले उनीविरुद्ध मंसिर १२ गते जाहेरी दिएका थिए। जाहेरीमा पाठकले सामाजिक सञ्जालमार्फत बेइजत र मदनामी गरी सामाजिक जीवन नै समाप्त गरिदिएको आरोप लगाएका थिए।

सोही आरोपमा अनुसन्धानपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय माग गर्दै मुद्दा दायर भएको हो। उक्त कसुरमा एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

यसअघि साइबर व्यूरोले पनि २०८१ असार १८ गते साइबर क्राइमकै कसुरमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दाको पनि फैसला हुन बाँकी छ।

पाठकले भने जाहेरवाला राजकुमार त्रिपाठीलाई विगतमा आफूले सहयोग गरेको र आफ्नोमा आउजाउ रहेको बयान दिएकी छन्। यसअघि एमाले नेता महेश बस्नेतविरुद्ध पाठकले जाहेरी दिँदा पनि राजकुमारले आफूलाई सहयोग गर्ने भन्दै एमाले पार्टी कार्यालय समेत लगेको उनको बयान छ।

आफूलाई छोरी भन्दै महेश बस्नेतविरुद्ध तिम्रोतर्फबाट म मुद्दा लडिदिन्छु भनेको तर पछि महेश बस्नेतले यो कुरा थाहा पाएपछि त्रिपाठी र आफ्नो झगडा भएको उनले बयानमा बताएकी छन्।

अपरिचित व्यक्तिले गहना र मोबाइल लुटेर लगेपछि त्रिपाठीसँग कुरा हुन नपाएको र त्रिपाठी महेश बस्नेतसँग नजिकिएको आरोप उनको छ। त्रिपाठीले एमाले नेता बस्नेतविरुद्ध दिएको उजुरीमा भने प्रहरीले कुनै कारबाही अगाडी बढाएको थिएन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ