२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता

२०८१, ११ पुष बिहीबार १६:०१

काठमाडौँ | शोभा पाठक भन्ने जानुका पाठकविरुद्ध साइबर क्राइमको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।धादिङको ज्वालामुखी गाउँपालिका ७ घर भई हाल सितापाइला बस्ने पाठकलाई पक्राउ गरेर प्रहरीको स्वयम्भू वृत्तले अनुसन्धान गरेको थियो।

राजकुमार त्रिपाठीले उनीविरुद्ध मंसिर १२ गते जाहेरी दिएका थिए। जाहेरीमा पाठकले सामाजिक सञ्जालमार्फत बेइजत र मदनामी गरी सामाजिक जीवन नै समाप्त गरिदिएको आरोप लगाएका थिए।

सोही आरोपमा अनुसन्धानपछि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय माग गर्दै मुद्दा दायर भएको हो। उक्त कसुरमा एक लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

यसअघि साइबर व्यूरोले पनि २०८१ असार १८ गते साइबर क्राइमकै कसुरमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो। सो मुद्दाको पनि फैसला हुन बाँकी छ।

पाठकले भने जाहेरवाला राजकुमार त्रिपाठीलाई विगतमा आफूले सहयोग गरेको र आफ्नोमा आउजाउ रहेको बयान दिएकी छन्। यसअघि एमाले नेता महेश बस्नेतविरुद्ध पाठकले जाहेरी दिँदा पनि राजकुमारले आफूलाई सहयोग गर्ने भन्दै एमाले पार्टी कार्यालय समेत लगेको उनको बयान छ।

आफूलाई छोरी भन्दै महेश बस्नेतविरुद्ध तिम्रोतर्फबाट म मुद्दा लडिदिन्छु भनेको तर पछि महेश बस्नेतले यो कुरा थाहा पाएपछि त्रिपाठी र आफ्नो झगडा भएको उनले बयानमा बताएकी छन्।

अपरिचित व्यक्तिले गहना र मोबाइल लुटेर लगेपछि त्रिपाठीसँग कुरा हुन नपाएको र त्रिपाठी महेश बस्नेतसँग नजिकिएको आरोप उनको छ। त्रिपाठीले एमाले नेता बस्नेतविरुद्ध दिएको उजुरीमा भने प्रहरीले कुनै कारबाही अगाडी बढाएको थिएन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से