काठमाडौँ | एनसेलको बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो । साथै, सर्वोच्चले केही निर्देशनात्मक आदेश समेत दिएको छ ।
मलेसियन कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको बिक्रीलाई रोक्न रिटमा माग गरिएको थियो ।