असार २७, काठमाडौ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको संयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प प्रस्तुत "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २७, काठमाडौ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको संयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प प्रस्तुत "/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् तीन दलको बैठकमा प्रचण्डले राखेका तीन विकल्प

२०७४, २७ असार मंगलवार ०९:०९


असार २७, काठमाडौ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेको संयुक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प प्रस्तुत गरेका छन् । 

मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन भन्दा पहिले संविधान संशोधन प्रस्ताव माथि छलफल गर्नै नचाहेपछि प्रचण्डले तीन विकल्प प्रस्तुत गरेका हुन् । 

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डले सहमतिमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने, त्यो विकल्पमा सहमति नजुटेको अवस्थामा संशोधन प्रस्ताव संसदमा भोटिङमा लैजाने र भोटिङबाट आएको परिणामलाई एमाले, राष्ट्रिय जनता पार्टी र सत्ता गठबन्धनले मान्ने र राजपा सहमत भएको अवस्थामा संघीय र प्रदेशको निर्वाचनसम्म संविधान संशोधन स्थगित गर्ने र राजपाका अन्य मुद्दाहरु माथि छलफल गर्ने विकल्प प्रस्तुत गरेका थिए । 

छलफलमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सबै तहको निर्वाचन (आगामी मङ्सिर)पछि मात्र संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेपछि त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग थप वार्ता गरेर सत्ता पक्ष निष्कर्षमा पुग्ने भएको छ । 

आजको छलफल संशोधन विधेयक मतदानमा लाने, हाल थाती राख्ने वा थप सहमति जुटाएर पारित गराउने जस्ता विकल्पमा केन्द्रित थियो । 

 श्रेष्ठले संविधान संशोधन भएमा राजपा निर्वाचनमा सहज रुपमा आउने भएकाले यसबारे सहमति जुटाउन पहल गरिएको तर एमालेले हाललाई यो प्रस्ताव अघि नबढाउन आग्रह गरेकाले यसबारे के गर्ने भन्नेमा राजपासँग थप छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए । 

बैठकमा काँग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता निधि, एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता श्रेष्ठ र रामबहादुर थापा 'बादल' सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै