२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुसाललाई रिमालको चुनौतीः ह्याउ भए बनाऊ आफ्नै घर, अरूको घरको बाल मतलब

२०८१, १४ पुष आईतवार १२:०८

काठमाडौँ | नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आइतबार बिहानै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

कवितात्मक शैलीमा रिमालले भुसाललाई छाडेर हिँडेको पार्टीका बारे चासो दिनुभन्दा आफ्नै पार्टी बनाउन सुझाव दिएका छन् ।

नेकपा एसका महासचिव भुसालले शनिवार पत्रकार सम्मेलनमा एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । भुसालले भनेका थिए, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो। नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिएँ। त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो, कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन्। एक खालका मान्छे उहाँका शत्रु हुन्। अर्का खालका मान्छे चाकर हुन्। भीम रावलले चाकरी गरेनन्।’

एमालेभित्र धेरै नेता उकुसमुकुसमा रहेको टिप्पणी गर्दै भुसालले भनेका थिए, ‘नेपालमा पार्टी नभएर दुःख पाएको हो की पार्टी राम्रो नभएर हो भन्दा राम्रो पार्टी नभएर दुःख पाएको हो। म (भीम रावललाई) हाम्रो पार्टीमा आउन आह्वान गर्दछु।’

त्यसको जवाफमा  आज आइतबार बिहानै एमाले उपमहासचिव रिमालले ‘उनी पो निसासिए रे!’ बाट सुरु गरेर कवितात्मक शैलीमा कटाक्ष गरेका हुन्। रिमालले लामो कविता शैलीमा ह्याउ भए आफ्नै घर बनाएर देखाउन र नेकपा एसभित्रको विवाद समाधान गर्न सुझाव दिएका छन् ।

इतिहासदेखि नै आफूहरू पार्टी संगठन बनाउन लाग्दा भुसाल सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको बताएका छन् । उनले लेखेका छन्, ‘अरे यार! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडाभाँडा’हरू बज्न नदेऊ न! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन्-बाल मतलब!’

यस्तो छ विष्णु रिमालको पूरा कविता-

उनी पो निसासिए रे!

उननचालीस सालदेखियता

हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,

पार्टीभित्र सधैँ उनी-

विवादका लागि मौकाको खोजीमा रहे,

अनवरत ‘किचकिच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै

पार्टीले उचाइ छोएको बेला,

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ,

उनले विभाजनको बाटो रोजे।

बाटो मात्र रोजेनन्,

त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।

‘आदर्श’का गफ र ‘अर्ती-उपदेश’का पोका बोकेर यताउता गरिरहे।

एक समय फेरि आयो,

पार्टीमा बहस-विवाद सुरु भयो।

‘जोरीपारी’हरू-

‘एमालेबिनाको राजनीति’को खेतीमा लागे,

उनी ‘ओलीबिनाको एमाले’ भन्दै उफ्रिए।

विभाजनको लागि कसैलाई उचाले-

एकता भन्दै आफू अर्कातिर अल्झिए।

मौसम छ्याङ्ग भएपछि,

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा-

छोडे, दौडिए- पार्टीकैविरुद्ध खनिए।

सानै सही-

असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे-

‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटेझैँ

उल्टै हाकिम पल्टिए।

अहिले फेरि उनलाई लागेछ क्यारे-

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थालेछन् फेरि-

‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ।’

अरे यार!

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर!

आफ्नो घरको मझेरीमा, आँगनमा,

गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा-भाँडा’हरू

बज्न नदेऊ न!

ढोका खोलुन् कि- छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा,

जे गरुन्-बाल मतलब!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल