८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मैंले सुरुमै माधव नेपाललाई नयाँ पार्टी घोषणा गरौँ भनेको थिए : रावल

२१ पुष २०८१, आईतवार १७:११

काठमाडौँ | एमालेबाट निष्काशित नेता डा. भीम रावल नयाँ पार्टी खोल्न सुरुबाट चाहेको बताएका छन्। २०७७ चैतमा ललितपुर भेलाबाट आफूहरू अध्यक्ष केपी ओलीको विपक्षमा नयाँ पार्टी खोल्नुपर्ने तयारीमा रहेको विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले जानकारी दिए।

उनले भने, ‘चैत्र ३ गते बालुवाटारमा भएको भेटमा ओली जीको भनाई सुनेपछि उनी पार्टी विभाजनकै मनस्थितिमा रहेको पाए। त्यसपछि मैले माधवजीहरूलाई पनि नयाँ पार्टी खोलौ भनेको हो। त्यो हुँदा अहिले हामी ब्यापक ठूलो पार्टी हुने थियो। तर, उहाँहरूले कसैले मान्नु भएन। नत्र अध्यक्ष ओलीसँग वार्ता गरौला भन्ने थियो।’ तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि एमालेको तत्कालीन माधव नेपाल पक्षले २०७७ चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय गरेको थियो।

नेता रावलले मुलुकका केही नेता बाह्य देशबाट परिचालित हुने गरेको आरोप लगाए। उनले भने, ‘अरु देशमा नेताहरू राष्ट्रको हित हुने काम गर्छन्। तर यहाँका केही नेता बाह्य शक्तिबाट परिचालित भएको पाए। देशको स्वधिनताको पक्षमा नउभिने गरेको पाए।’

एकीकृत समाजवादीतर्फ झुकाव बढेको भन्ने प्रश्नमा उनले नेकपा एमालेभित्र भएका वेथिती, निरकुशता, स्वच्छेचारीविरुद्ध उभिने पंक्ति ठूलो रहेको बताए।

उनले भने, ‘मैले त सम्पूर्ण देशभक्तलाई जोड्ने प्रयास गरेको हुँ। चाहे समाजवादी, विभिन्न पेशाकर्मी, कांग्रेस, माओवादी राप्रपा, सबैलाई जोड्ने हो। काठमाडौंमा बसेर केपी ओलीहरू आफू चाही कांग्रेस , महन्थ ठाकुर, सीके राउतसंग मिलेर प्रधानमन्त्री खान हुने। अनि देशभक्तहरूलाई मैले समेट्न नहुने देशको हितमा।’

पार्टी र अध्यक्षलाई गाली गरेको भन्ने विषयमा उनले भने, ‘सायद यस विषयको जिकीर बा मालेले गरेको होला। कठमाडौंमा मोनोरेल चलाउन के गर्नु भयो सोध्दा गाली हुन्छ ? युवाहरूलाई रोजगार दिन के गर्नु भयो गाली भयो र ? स्वधिनताको विषय राख्दा गाली भयो र ?’

सुनसरीका भरौलमा आयोजित फुटबल प्रतियोगिता रोकिएको विषयमा नेता रावलले भने, ‘एउटा खेलकुदको कार्यक्रममा प्रधानमन्त्री संलग्न भएर खेलकुदको मान्छे तर्साएर खेलकुद रोक्नु हुने तहसम्म उत्रने मान्छेले अरु कति कुप्रचार गर्छ होला?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता