१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?

२२ पुष २०८१, सोमबार १२:२३

काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीचको युद्ध अर्थात् गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा प्यालेस्टाइनी लडाकु समूह हमास इजरायलबाट बन्धक बनाइ लगेका ३४ जनालाई रिहा गर्न सहमत भएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धक सार्वजनिक गर्ने जनाएका हुन् । हमासले ३४ बन्धक छाड्ने भने पनि तिनीहरुमध्ये कति जीवित वा मृत के छन् भन्ने अझै स्पष्ट भएको छैन ।

छाड्ने सूचीमा १० महिला र ११ वृद्ध रहेका छन् । बाँकी युवा पुरुषको नाममा कतिपय हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेकाहरुसमेत रहेको पाइएको छ ।

बीबीसीका अनुसार हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।

यद्यपि इजरायलबाट भने कुनै सूची सार्वजनिक भएको छैन । अर्थात् इजरायलले अहिलेसम्म आफूलाई कुनै सूची हमासले उपलब्ध नगराएको जनाएको छ ।

के होला विपीनको अवस्था ?
इजरायलमा अध्ययन गरिरहेका बेलामा हमासले आक्रमण गर्दा नेपाली विद्यार्थी विपीन जोशी पनि अपहरणमा परेका थिए ।

हमासले बन्धक बनाएका उनको अवस्था अहिलेसम्म अज्ञात छ । यसअघि हमासले थुप्रैलाई रिहा गरेको भए पनि विपीनलाई भने रिहा गरेको थिएन ।

अहिले रिहा गरिने भनिएको ३४ बन्धकको सूचीमा विपीनको नाम भए–नभएकोसमेत स्पष्ट भएको छैन ।

उनको रिहाइका लागि नेपाल सरकारले थुप्रै प्रयास गरेको भए पनि सफल भने हुन सकेन । सरकार फेरियो तर बन्धक विपीनको अज्ञात अवस्थाबारे जानकारी फेरिएन ।

नेपालले कूटनीतिक पहल पनि थुप्रै पटक गरेको थियो । तत्कालीन परराष्ट्र मन्त्री एनपी साउददेखि लिएर हालकी परराष्ट्र मन्त्री आरजू राणा देउवाले पनि कूटनीतिक पहल गरी विपीन रिहाइको पहल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का