२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?

२०८१, २२ पुष सोमबार १२:२३

काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीचको युद्ध अर्थात् गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा प्यालेस्टाइनी लडाकु समूह हमास इजरायलबाट बन्धक बनाइ लगेका ३४ जनालाई रिहा गर्न सहमत भएको छ ।

हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धक सार्वजनिक गर्ने जनाएका हुन् । हमासले ३४ बन्धक छाड्ने भने पनि तिनीहरुमध्ये कति जीवित वा मृत के छन् भन्ने अझै स्पष्ट भएको छैन ।

छाड्ने सूचीमा १० महिला र ११ वृद्ध रहेका छन् । बाँकी युवा पुरुषको नाममा कतिपय हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेकाहरुसमेत रहेको पाइएको छ ।

बीबीसीका अनुसार हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ ।

यद्यपि इजरायलबाट भने कुनै सूची सार्वजनिक भएको छैन । अर्थात् इजरायलले अहिलेसम्म आफूलाई कुनै सूची हमासले उपलब्ध नगराएको जनाएको छ ।

के होला विपीनको अवस्था ?
इजरायलमा अध्ययन गरिरहेका बेलामा हमासले आक्रमण गर्दा नेपाली विद्यार्थी विपीन जोशी पनि अपहरणमा परेका थिए ।

हमासले बन्धक बनाएका उनको अवस्था अहिलेसम्म अज्ञात छ । यसअघि हमासले थुप्रैलाई रिहा गरेको भए पनि विपीनलाई भने रिहा गरेको थिएन ।

अहिले रिहा गरिने भनिएको ३४ बन्धकको सूचीमा विपीनको नाम भए–नभएकोसमेत स्पष्ट भएको छैन ।

उनको रिहाइका लागि नेपाल सरकारले थुप्रै प्रयास गरेको भए पनि सफल भने हुन सकेन । सरकार फेरियो तर बन्धक विपीनको अज्ञात अवस्थाबारे जानकारी फेरिएन ।

नेपालले कूटनीतिक पहल पनि थुप्रै पटक गरेको थियो । तत्कालीन परराष्ट्र मन्त्री एनपी साउददेखि लिएर हालकी परराष्ट्र मन्त्री आरजू राणा देउवाले पनि कूटनीतिक पहल गरी विपीन रिहाइको पहल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा