८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ

२२ पुष २०८१, सोमबार १३:२८

काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले निषेधित क्षेत्र तोड्न लागेकाले नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् । नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४ बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएका उनी त्यसलाई ज्याकेटले छोपेर सिंहदरबार गेटसम्म पुगे । आज १२ बजेदेखि २ बजेसम्म एक्लै धर्ना बस्ने उनको योजना थियो । सिंहदरबार गेटमा पुगेर ज्याकेट फुकालेर उनले आफ्नो ब्यानर प्रदर्शन गरे । तर, त्यसको एक मिनेटभित्रै प्रहरीले पक्राउ गरेको नेपालले बताएका छन् । आफूलाई सिंहदवार वृत्तभित्र यत्तिकै राखिएको उनले जानकारी दिए ।

उनले फेसबुकमा लेखेका छन्: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी