२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने

२०८१, २४ पुष बुधबार १७:५६

काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ ।

कास्की जिल्ला अदालत स्रोतले सकभर बिहीबार साँझ नभए शुक्रबार थुनछेक आदेश हुने जानकारी दियो ।


लामिछाने सहितका प्रतिवादीतर्फको बहस न्यायाधीश नीतिज राईको इजलाशमा अन्तिम चरणमा पुगेको छ । बिहीबारका लागि जवाफी बहस गर्ने तालिका छ । जवाफी बहस छिट्टै सकिए भोलि बिहीबार साँझ र नभए शुक्रबार थुनछेक आदेश आउने सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख सहन्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

काफ्लेले बिहीबार भोलि फस्र्ट आवरमा जवाफी बहस सकिए भोलि साँझसम्म र नसकिए पर्सि थुनछेक आदेश आउने जानकारी दिइन् ।

मंगलबार तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेपछि बुधबार रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी रिटमा गरिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ ।

थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो