१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने

२४ पुष २०८१, बुधबार १७:५६

काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ ।

कास्की जिल्ला अदालत स्रोतले सकभर बिहीबार साँझ नभए शुक्रबार थुनछेक आदेश हुने जानकारी दियो ।


लामिछाने सहितका प्रतिवादीतर्फको बहस न्यायाधीश नीतिज राईको इजलाशमा अन्तिम चरणमा पुगेको छ । बिहीबारका लागि जवाफी बहस गर्ने तालिका छ । जवाफी बहस छिट्टै सकिए भोलि बिहीबार साँझ र नभए शुक्रबार थुनछेक आदेश आउने सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख सहन्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

काफ्लेले बिहीबार भोलि फस्र्ट आवरमा जवाफी बहस सकिए भोलि साँझसम्म र नसकिए पर्सि थुनछेक आदेश आउने जानकारी दिइन् ।

मंगलबार तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेपछि बुधबार रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी रिटमा गरिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ ।

थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो