२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जसपा नेपालका केन्द्रीय विभागहरुमा गरियो नेतृत्व चयन

२०८१, २५ पुष बिहीबार ०९:१६

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागहरूमा नेतृत्व चयन गरिएको छ । पार्टीले गठन गरेका केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरू चयन गरिएको हो ।

जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रचार प्रसार तथा प्रकाशन विभाग, आर्थिक विभाग, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग र युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुख पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट तय गरेको थियो भने अन्यमा सम्बन्धित विभागको बैठकबाट प्रमुखलगायतका पदाधिकारी चयन गरिएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेश मण्डल चयन भएका छन् ।

त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरूमा आर्थिक विभागमा बलराम महतो, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभागमा जितेन्द्रकुमार यादव, युवा विद्यार्थी तथा खेलकुद विभागमा विदेश्वर यादव (बिक्की), महिला विभागमा प्रमीला कुमारी र सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र रहेका छन् ।

विभागको बैठकबाट सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा विनीता यादव, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङ, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतोले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

गठन गरिएका सङ्गठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ भने अन्य विभागहरू आगामी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गठन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो