२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बामदेवकै कारण प्यूठानमा एमालेलाई नोक्सान

२०७४, ३० असार शुक्रबार ०२:२९


असार २९, प्यूठान । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमको पुरानो गृहनगर प्यूठान नगरपालिकामा पराजय व्यहोर्दै जिल्लामा एमालेले स्थानीय तहमा निराशाजनक चुनावी परिणाम हात पारेको छ । 

जिल्लाको राजनीतिमा ‘बामदेवकै इशारा चल्छ’ भन्ने धेरैमा भ्रम छ । भर्खरै सम्पन्न निर्वाचनको परिणामपछि .बामदेव पक्षधरका जिल्ला नेताहरुको कार्यक्षमता र कार्यशैली माथी नै धेरैले प्रश्न तेर्साउन थालेका छन् । 

प्यूठानमा २ नगरपालिका सहित ९ स्थानीय तह छन । जसमध्ये एमालेले ३ स्थानीय तहमात्र जितेको छ । यद्यपी २४ वटा वार्ड र ४ उपप्रमुख जित्दै यसपाली पनि एमाले जिल्लाको पहिलो शतिm बन्नबाट पछि परेन । 

तर, एमालेलाई यो परिणाम सन्तोषजनक भने होइन । चुनावको मुखैमा आउँदासम्म पार्टीको जिल्ला नेतृत्व तालमेलको डौडधुपमा लाग्दा एमालेले सोँचे अनुसार नतिजा हाता पार्न नसकेको नेता कार्यकर्ताहरु बताउँछन् । 

पार्टीको जिल्ला नेतृत्वले उम्मेदवार छनौट गर्दा संस्थागत निर्णय, जिल्ला स्तरीय भेला, योजनावद्ध चुनावी रणनीति लगाएत कुरामा ध्यान नदिँदा पार्टीले सोँचे अनुसार नतिजा हाता पार्न नसकेको हो । पार्टीको बलियो पकड भनिएका क्षेत्रमा समेत उसले हार व्यहोरेको छ । विगतका निर्वाचनमा एमालेले जित्दै आएका ‘गढ’ ‘गर्लयाम्गुर्लुम’ ढलेका छन् । 

एमाले प्यूठानका लागि अर्को दुःखद पक्ष उत्तरी प्यूठानमा पकड भनिएका स्थानीय तहमा काग्रेसले चारतारे झण्डा फहरायो । सधैँभरी एमालेले जित्दैँ आएको नौवहिनी, गौमुखी गाउँपालिकामा कांग्रेसले विजयी हासिल गरेको छ । 

एमालेकै राम्रोक्षेत्र मानिने ऐरावतीमा समेत गरी काग्रेसले जिल्लाका ३ स्थानीय तहमा विजयी हासिल गरेको हो ।  २०७० सालको संविधानसभा निर्वाचनमा चौथो शतिmको रुपमा रहेको काग्रेसले यसपाली राष्टिय जनमोर्चा र माओबादी केन्द्रलाई उछन्दै दोश्रो शक्तिमा आफ्नो पहिचान बनाएको छ । आगामी प्रदेश र केन्द्रिय तहको निर्वाचनमा समेत काग्रेस र एमाले बिचनै कडा टक्कर हुने धेरैले आँकलन गरेका छन् । 

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसनध्यामा प्यूठान क्षेत्र नम्वर १ का सांसद् समेत रहेका बामदेव गौतम जिल्लाका जुन जुन स्थानमा सम्वोधनका लागि पुगे त्यहिँ नै एमालेले हार व्यहोर्नुप¥यो । बामदेव पुगेका नौबहिनी गाउँपालिकाको पुरै नेतृत्व र प्यूठान नगरपालिकामा प्रमुख पद गुमाउनु परेको छ । यसले गर्दा समेत बामदेवको जनाआधार जिल्लामा गुम्दै गएको धेरैले विश्लेषण गर्न थालेका छन् । 

जिल्लावासीले गौतमलाई ‘गफ मात्र गर्ने’ नेताको रुपमा समेत संज्ञा दिन थालेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा प्यूठान क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव जितेका सांसद्, पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमकै गृहस्थल प्यूठान नगरपालिकामा माओवादी केन्द्रले चुनाव जितेपछि गौतमप्रति धेरैले विश्वास गर्न छाडेका छन् । 

केन्द्रिय राजनीतिमा प्रभाव पार्नसक्ने नेताको रुपमा धेरैले हेर्ने गरेपनि उनकै ठाउँमा एमालेले हार व्यहोर्नु उनीप्रतिको विश्वास गुम्दै जानु स्पष्ट रुपमा देख्न सकिन्छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहेका तुल्सीराम शर्मा माओबादी केन्द्रका नेता अर्जुन कुमार कक्षपतीसंग पराजीत भएका छन् । उपमेयरमा भने एमालेकै नेतृ शान्ता आचार्य विजयी भएकी छिन् । विना तालमेल एउटै चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकामध्ये उपमेयरमा जित्नु र मेयरमा अध्यक्षले नै लज्जास्पद हार्नु पार्टीको जिल्ला नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्नु भन्ने विश्लेषण गर्न सकिन्छ । 

क्षेत्र नम्वर २ मा का कुनै पनि स्थानीय तहमा एमालेले मुख्य पदमा जित्न सकेन । तर, केहि वडामा जितेर उस्ले आफनो साख भने बचाएको छ । एमालेले जितेको सवै स्थानीय तह क्षेत्र नम्वर १ मा पर्छन् । उता व्यावस्थापिका संसद् धन बहादुर रायमाझीको गृहस्थल सरुमारानी १ मा काग्रेसले जितेर नयाँ इतिहास रच्यो । 

बामदेवका आश्वासनको असर

प्यूठान क्षेत्र नम्बर १ बाट चुनाव जितेर पार्टीको केन्द्रिय उपाअध्यक्ष समेत रहेका गौतम उपप्रधान एवं गृहमन्त्री समेत भए । संविधानसभा निर्वाचनका समयमा उनले आमनागरीक सामु गरेका प्रतिवद्धता पूरा गर्नतर्फ ध्यान नदिँदा एमालेले जिल्लामा क्षती व्यहोर्नु परेको एमाले समर्थक कार्यकर्ताको बुझाई छ । गौतमले मतदातालाई प्रभावित पार्ने गरि दिएका विकास निर्माणका प्रलोभन पुरा नहुँदा अहिले उक्त आश्वासन ‘गलपासो’ सावित हुन पुगेको छ । 

बामदेवले चुनाव जित्न सार्वजनिक गरेका ३४ बुँदे सार्वजनिक प्रतिबद्धतापत्र बारे जिल्ला पार्टीभित्र र राजनीतिक वृतमा समेत ‘खोक्रा आश्वासन’ भनेर खिल्ली उडाउने गरिएको छ । गौतमले सार्वजनिक गरेका प्रतिवद्धता पुरा नगर्दा बिरोधीले यसैलाइ चुनाव जित्ने आधारपत्रका रुपमा नागरिकको घरदैलोमा पुर्याएका थिए । 

संविधानसभा निर्वाचनमा बामदेवका स्वकीय सचिव दाखाक्वाडी प्यूठान निवासी बिजय बिराज बिष्टले प्रहरी बनाइदिने भन्दै जिल्लाका कैयाँै युवाहरुको ‘छाती नाप्दै’ हिडेका थिए । 

विष्टले यूवाहरुलाई प्रलोभन बाढ्दै हिडेपछि यसको असर यसपालीको निर्वाचनमा समेत पर्न गयो । दक्षिणी प्यूठानमा यसको असर प्रत्यक्ष रुपमा देखियो । यस क्षेत्रका दुई सय बढि एमाले कार्यकर्ताले यसैका कारण पार्टी परित्याग गरेका छन् । बामदेव गौतम प्यूठान छिरेपछि जिल्ला पार्टीमा खैलाबैला मच्चिँदै आएको स्रोतले जनाएको छ ।

योजना बिनानै चुनावमा 

चुनावमा कार्यकर्ता परिचालनका लागि एमालेले ठोस योजना बनाएर अघि बढ्न नसक्नु नै उसका लागि पछुतोको विषय बनेको छ । चुनावको मुखसम्म पनि तालमेलमै अल्झिदा पार्टीलाई धेरै क्षति पुगेको धेरैको टिप्पणी छ । 

स्थानीय तहको निर्वाचनमा जिल्लाभित्र चुनावीसभा आयोजना गर्ने र केन्द्रिय नेताले भाषण गर्ने बाहेक अन्य कार्यक्रम जिल्ला नेतृत्वले दिन सकेन । स्पष्ट योजना र कार्यक्रम नहुँदा आम कार्यकर्ता परिचालित गर्न एमालेले सकेन जसको प्रभाव नतिजामा देखिन पुग्यो । 

चुनावमा उम्मेद्धवार चयनदेखि जिल्लाको नेतृत्व चयनमा समेत बामदेवको ठाडो हस्तक्षेप हुने गरेको धेरैले टिप्पणी गर्न थालेका छन् । ‘राम्रालाई भन्दा हाम्रालाई’ उम्मेद्धवार बनाउँदा स्थानीय चुनाव एमालेका लागि प्रतिकुल बन्न नसकेको एमालेकै नेताहरुको प्रतिक्रिया दिन थालेका छन् । 

एमाले नेता गौतमलाई कुरा लगाएर आफ्नो जिविका धान्नेहरुले पार्टीलाई क्षति पु¥याएको धेरैले टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो