2026-07-01 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारी तहबाटै न्यायिक बाटो अवरुद्ध गर्ने काम भयो’

2017-07-17


साउन २, काठमाडौँ । दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का तीनजना सांसदले सरकारी तहबाटै न्यायको स्वतन्त्र निरुपण हुन नदिई न्यायिक बाटो अवरुद्ध गर्ने काम भएको भनी आपत्ति पकट गर्नुभएको छ । 

दोलखाको गौरीशङ्कर–२ जुगुमा वैशाख २६ गते भएको घटनाका अभियुक्त जोगाउन राज्यपक्षबाटै अनेकौं जालझेल भइरहेको आरोप लगाउँदै उहाँहरुले त्यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 

सिँहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद पशुपति चौंलागार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले महान्यायाधीवक्ताबाट आफ्नो आस्था निकट रहेको अभियुक्त भएकै कारण पूर्वाग्रह राखी पीडितलाई न्याय पाउनबाट वञ्चित गर्ने काम भएको आरोप लगाउनुभयो । 

उक्त घटनामा स्थानीय कुलबहादुर तामाङको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा साँसद चौलागार्इंले घटनामा संलग्न आपराधिक जत्थालाई कानूनको कठघराबाट उम्काउने तथा फरारलाई तदारुकताका साथ पक्राउ गर्न ध्यान नदिएको भनी सरकारको आलोचना गर्नुभयो । 

जिल्ला अदालतबाट भएको फैसला गैरकानूनी भएको, प्रमाणको सही मूल्याँकन नभएको र आर्थिक चलखेल भएको आशंकामा पीडित परिवारले न्याय परिषद्मा छानबिनका लागि निवेदन दिएको बताउँदै उहाँले महान्यायाधिवक्ताले त्यो घटनासम्बन्धी फाइल मगाइ अड्काई राखेको भनी टिप्पणी गर्नुभयो । 

अर्का सांसद पोखरेलले महान्यायाधिवक्ताबाट मुद्दा नचलाउने र ढिला गर्ने भएको प्रतिक्रिया दिनुभयो । सांसद पार्वत गुरुङले हत्याजस्तो फौज्दारी मुद्दामा सरकारी वकिल स्वयम्ले अग्रसरता दिएर मुद्दा अघि बढाउनुपर्नेमा महान्यायाधीवक्ताबाटै न्याय मार्ने गम्भीर षड्यन्त्र भएको आरोप लगाउनुभयो । 

उहाले भन्नुभयो– “स्वतन्त्र सुनुवाइमा राज्यले हस्तक्षेप नगरोस् र मुद्दा दर्ता गर्ने काममा विलम्ब नहोस् भनी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ । उहाँहरुले अभियुक्तलाई थुनामा राखेर कारबाही चलाउन तथा फरार अभियुक्तलाई यथाशीघ्र पक्राउ गरी अदालतमा बुझाउन माग पनि गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ