२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविका समर्थकबाट कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको अभिव्यक्तिप्रति बहालवाला न्यायाधीशहरूको प्रतिवाद

२०८१, ११ माघ शुक्रबार १३:०२

काठमाडौँ | रास्वपाका समर्थकबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणप्रति न्यायाधीश समाज नेपालले आपत्ति जनाएको छ ।

बिहीबार न्यायाधीश समाजका महासिचव एवं विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले एक विज्ञप्ति जारी गर्दै माघ २ गते काठमाडौँ जिल्ला अदालतमा चलिरहेको ठगी गरी संगठित अपराध गरेको मुद्दामा थुनछेक बहस पश्चात अदालत हाता बाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमण तथा सो पश्चातको कृयाकलापका सम्बन्धमा समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगको रुपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्य माथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो। उक्त दिन काठमाडौ जिल्ला अदालत परिसर बाहिर बरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानूनी कारवाही गर्नको लागि माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

न्यायाधीश समाजले उक्त आक्रामणपछि त्रिपाठीले न्यायाधीश र न्यायालयको बारेमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति सामूहिक प्रतिवाद गरेका छ । सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा वदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिका प्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वाता दिएको भन्दै न्यायाधीश समाजले आपत्ति जनाएको छ ।

‘कुनै न्यायाधीश विशेषबाट कानून बमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारवाही कानून विपरित भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानून वमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुन जान्छ । तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ता जस्तो जिम्मेवार व्यक्तिले आफुले वहस गरे वमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरित हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चार माध्यममा अन्तरर्वाता दिएको देखियो। वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भिनएको छ ।

गत माघ २ गते रास्वपाका सभापति रवि लामिछानेको विरुद्धमा चलिरहेको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा सहकारी पीडितको तर्फबाट बहस गर्न पुगेका त्रिपाठी अदालत परिसरमा नै कुटिएका थिए । उनीमाथि आक्रमण गर्ने तीन जना प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा