२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न पार्टीका दर्जनौ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

२०७४, ४ श्रावण बुधबार ०९:३८


साउन ४, काठमाडौँ । विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार बिहान ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममापूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता पम्फा भुसालले खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेमा कांग्रेस नेता–कार्यकर्तामा गणेशबहादुर केसी, रामप्रसाद बजगाई, रमेश दाहाल, गुप्त बहादुर बराम, तीर्थराम महर्जन, नकुल महर्जन, रामबहादुर बि.क., गोविन्द प्रसाद दाहाल, श्याम तामाङ, सुजाता केसी, कुबेर बस्नेत, राजन केसी, भीमसेन सत्याल, रमेश घिमिरे, रबिन्स घिमिरे केसी, बालकृष्ण तिमिल्सिना, विजय बाँस्कोटा, दमन केसी, चन्द्र घले, गौबिर थापा, लालध्वज खतिवडा, टंकमणि सत्याल, रमेश शाही, गुरुकूल महर्जन, शान्तिदेवी बज्राचार्य, शिबकुमारी खकुरेल, दिपाकुमारी पौडेल, भगवती बिष्ट लगायत रहेको जनाइएको छ ।

यसैगरी एमालेबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा कृष्णप्रसाद घिमिरे, केशवप्रसाद तिमिल्सिना, सुरेश घिमिरे, केपी न्यौपाने, हरिहर पाठक, सानुकाजी महर्जन, रुपेश धिमाल, कर्मा शेर्पा रहेका छन् । 

अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरुमा विनोद तिमिल्सिना, आशिषराज बस्नेत, भीमप्रसाद घिमिरे, अशोक महर्जन, ज्ञानकुमार महर्जन, श्यामकाजी महर्जन, सुरेश महर्जन, लवदेव अवस्थी, फडिन्द्र पाण्डे, छोटु लामा, जुनादेवी पराजुली लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान