७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा नेतृ संग्रौलाले रविले गृहमन्त्री हुँदा बलात्कारीलाई उन्मुक्ति दिएको भन्दै स्टाटस लेखेपछि…

१३ माघ २०८१, आईतवार १३:३५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सभापति रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेको एक जना व्यक्तिलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत रवि लामिछानेलक्षित अभिव्यक्ति दिएका थिए । बस्नेतलाई लक्षित गर्दै ज्वालाले सो स्टाटस् शनिबार साँझ लेखेकी थिईन् ।

पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आएकी छन् । बस्नेतलाई कारबाही गर्न माग गर्दै माईतीघर मण्डलामा धर्ना बसिरहने उनै नेतृको समर्थनमा उभिएकी ज्वालाले बस्नेतलाई रवि गृहमन्त्री हुँदा जोगाएको र मुद्दा नचलाएको भन्दै स्टाटस् लेखेपछि अहिले रास्वपामा तरंग छाएको छ ।

संग्रौलाले सुरुमा लेखेको स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन्। उनको नयाँ स्टाटसमा भनिएको छ, “एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।”

रास्वपाले आफूलाई सुशासनको पार्टी भन्दै आएको छ, तर ज्वाला संग्रौलाको यो बयानले आफ्नो पार्टी सरकारमा रहँदा बलात्कारीलाई जीवनदान दिएको भन्ने कुरा उजागर गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी