२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा नेतृ संग्रौलाले रविले गृहमन्त्री हुँदा बलात्कारीलाई उन्मुक्ति दिएको भन्दै स्टाटस लेखेपछि…

२०८१, १३ माघ आईतवार १३:३५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सभापति रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेको एक जना व्यक्तिलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत रवि लामिछानेलक्षित अभिव्यक्ति दिएका थिए । बस्नेतलाई लक्षित गर्दै ज्वालाले सो स्टाटस् शनिबार साँझ लेखेकी थिईन् ।

पूर्व मन्त्रीसमेत रहेका एमाले नेता बस्नेतमाथि एमालेकै पूर्व नेतृले बलात्कारको आरोप लगाउँदै आएकी छन् । बस्नेतलाई कारबाही गर्न माग गर्दै माईतीघर मण्डलामा धर्ना बसिरहने उनै नेतृको समर्थनमा उभिएकी ज्वालाले बस्नेतलाई रवि गृहमन्त्री हुँदा जोगाएको र मुद्दा नचलाएको भन्दै स्टाटस् लेखेपछि अहिले रास्वपामा तरंग छाएको छ ।

संग्रौलाले सुरुमा लेखेको स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” भन्ने वाक्यांश समावेश गरेकी थिइन्, तर केही समयमै उनले त्यो वाक्य हटाएर अर्को भिन्न सन्देश राखिन्। उनको नयाँ स्टाटसमा भनिएको छ, “एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।”

रास्वपाले आफूलाई सुशासनको पार्टी भन्दै आएको छ, तर ज्वाला संग्रौलाको यो बयानले आफ्नो पार्टी सरकारमा रहँदा बलात्कारीलाई जीवनदान दिएको भन्ने कुरा उजागर गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा