२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको मुद्दामा सोविताले कांग्रेस-एमालेलाई भनिन्- सत्ताको आडमा अदालतलाई आदेश दिन नखोज्नू

२०८१, १३ माघ आईतवार १३:४४

काठमाडौँ | राष्ट्रिय स्वन्त्र पार्टीकी सांसद सोविता गौतमले ठूला दलका नेताहरूलाई राजनीतिक संस्कार कायम राख्न सुझाएकी छन् ।

आइतबार सामाजिक सञ्जालमा भनाइ राख्ने क्रममा गौतमले वरिष्ठ नेताहरूलाई न्यूनतम् राजनीतिक संस्कार कायम राख्न भनेकी हुन् ।

रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दालाई नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रभावित पार्न खोजेको आरोप पनि उनले लगाएकी छन् ।

‘एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिरहेको छ । अर्कोतिर त्यति गर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा अदालतले फैसला गर्नुअघि नै रवि लामिछानेलाई अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनु भएको छ’, उनले भनेकी छन्, ‘अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।’

उनले सत्ताको शक्तिले अदालतलाई चलाउन खोजिएको पनि बताएकी छन् । ‘सत्ताको शक्तिले अदालतलाई यस्तो-यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस्’, उनले अगाडि भनिन्, ‘बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यस्तो गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौँ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।’

उनले रविको मुद्दा प्रभावित गर्ने गरी शीर्ष नेताहरूले अभिव्यक्ति दिइरहेको पनि गुनासो गरेकी छन् । ‘स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धि निकायहरूको गम्भीर ध्यान जाओस्’, उनले अगाडि भनेकी छन्, ‘वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्यूनतम् राजनीतिक संस्कार चाहिँ कायम राखिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा