७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये एकजना मात्र पार्टी सदस्य: रास्वपा

१३ माघ २०८१, आईतवार १४:३७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये महेन्द्र पाण्डे भनिने महानन्द जैसी मात्र आफ्नो सदस्य भएको जनाएको छ । ललितकुमार केसी र शीतल उर्फ सीता राई भने पार्टी सदस्य नभएको रास्वपाले स्पष्ट पारेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आक्रमणमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीले कारबाही गर्ने बताए । महेन्द्र भनिने महानन्द घटनास्थलमा उपस्थित भए पनि आक्रमणमा संलग्न नभएको उनले जिकिर गरे । त्यही कारण उनलाई पार्टीको कारबाही नगरिएको बुर्लाकोटीले जानकारी दिए ।

पक्राउ परेका महानन्द रास्वपा हुम्लाको संस्थापक उपसभापति हुन् । रास्वपाको संगठन विस्तार नहुँदै स्वस्फूर्त घोषणा गरिएको रास्वपा जिल्ला कार्यसमितिमा महानन्द उपसभापति थिए । हाल उनी रास्वपाका सक्रिय सदस्य हुन् ।

पछिल्लो समय उनी रास्वपा केन्द्रीय कार्यालयमा नियमित आउनेजाने गरेका थिए । सभापति रवि लामिछानेविरुद्ध कसैले तर्क गरेमा उनी आक्रामक हुने गरेको रास्वपा नेताहरूको भनाइ छ ।

बुर्लाकोटीका अनुसार, पक्राउ परेका अर्का व्यक्ति दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीले रास्वपा सदस्यताका निम्ति आवेदन दिएका छन् । तर, उनको सदस्यता पार्टीले स्वीकृत गरेको छैन ।

झापाकी सीतादेवी राई भने रास्वपाको सदस्य नभएको बुर्लाकोटीले जानकारी दिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरिएको थियो । यही माघ २ गते गरिएको आक्रमणविरुद्ध त्रिपाठीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी