७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा १८ वर्षीया किशोरी बलात्कृत

१३ माघ २०८१, आईतवार १६:५४

बझाङ | बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

गिरीले ती किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार राति नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताए।

आरोपित गिरीलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत जोशीले बताए। प्रहरीका अनुसार कैलालीको अत्तरियाबाट दिवा बसमा चढेर आएकी ती किशोरी काम विशेषले छबिसपाथिभेरा- १ भाँडेबगरमा उत्रिएकी थिइन्।

साँझपख गाडी कुर्दै बसेकी ती किशोरीलाई गिरीले बाइकमा पुर्‍याइदिन्छु भन्दै जालेबगर लग‍ेर जबर्जस्तीकरणी गरेको आरोपपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी