२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा नामावली छुटेका मतदाताले धमाधम नाम दर्ता गराउँदै

२०७४, ५ श्रावण बिहीबार ०३:१७

प्रकाश धौलाकोटी/साउन ५, तेह्रथुम । मतदाताको सूचीमा आफ्नो नामावली नहुँदा स्थानीय चुनावमा मतदान गर्न बन्चित भएका नागरिकहरुले धमाधम मतदाता नामावली दर्ता गर्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको नाम दर्ता गर्न थालेपछि छुटेकाहरुले धमाधम नाम दर्ता गराइरहेका छन् । 

साउन १ गतेदेखि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न निर्देशन गरेको थियो । सो बमोजिम साउन १ देखि ४ गतेसम्मको चार दिनको अवधिमा पाँच सय जनाले नाम दर्ता गराएका छन् । जसमा २ सय १५ जना महिला र २ सय ८५ जना पुरुष छन्् । 

जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार पहिलो दिन १९ महिलासहित ५८ जना, दोश्रो दिन ६२ महिलासहित १ सय ३५ जना, तेस्रो दिन ६९ महिलासहित १ सय ५२ जना र चौथो दिन ६५ महिलासहित १ सय ५६ जनाले नाम दर्ता गराएका छन् । नाम छुटेकाहरुले चुनावमा मतदान गर्न नपाएकाले पनि निकै उत्साहका साथ नामावली दर्ता गराइरहेका उनले बताए । 

छुटेका व्यक्तिहरुले अब सम्बन्धित गाउँपालिका वा नगरपालिकाको केन्द्रहरुबाटै पनि नामावली दर्ता गराउन पाउने भएका छन् । नवगठित स्थानीय तहबाटै मतदाता नामावली दर्ता गराउन चौतर्फी माग आएपछि निर्वाचन आयोगले स्थानीय तहबाटै पनि नामावली दर्ता गराउन पाउने निर्णय गरेको हो । आयोगका अनुसार अब साउन १६ देखि ३१ गतेसम्म सम्बन्धित गाउँपालिका र नगरपालिकाको केन्द्रबाटै नामावली दर्ता हुनेछ । 

छुटेका व्यक्तिहरुले आफ्नो नागरिकताको प्रमाण पत्र लिई स्थायी बसोबास भएको गाउँपालिका वा नगरपालिकामा आफु स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने निर्वाचन अधिकारी राईले बताए ।

यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको त्रुटी सच्याउन, नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत यही समयमा निवेदन गर्न सकिने उहाँले जानकारी दिनुभयो । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्थानीय चुनावमा ६० हजार ७ सय २१ जना मतदाताको नामावली समावेश भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा