सम्राट सिंह | साउन ७, बझाङ | जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन ७, बझाङ | जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जनप्रतिनिधिले गरे मदिरा निषेध गर्ने निर्णय

७ श्रावण २०७४, शनिबार ०९:४९

सम्राट सिंह | साउन ७, बझाङ | जयपृथ्वी नगरपालिका १ कैलासका जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा सेवन गरी सभा–समारोहमा होहल्ला गर्ने र विभिन्न किसिमका घटनाहरुमा बृद्वि भइरहेको भन्दै जनप्रतिनिधिले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको हो । 

शुक्रबार कैलासका जनप्रतिनिधिहरुले मदिरा निषेध गर्ने निर्णयको बोदार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । मदिराका कारण गाउँलेहरुमा झै–झगडा हुने र समाजमा विकृति छाउने जस्ता विभिन्न अपराधिक घटनाहरुमा बृद्वि हुन थालेपछि मदिरा निषेध गर्ने निर्णय गरेको जयपृथ्वी नगरपालिका १ कैलासका अध्यक्ष गगन बहादुर सिंहले बताए । 

जनताले मलाई जसरी मतदान गरी विजयी गरायो त्यसरी नै कैलासलाई जिल्लाकै नमुना वडा बनाउने उनको भनाइ छ । 

बझाङ जिल्लामा महिला हिंसा, बलात्कार, चोरी डकैती, हत्या जस्ता अधिकांश घटनाहरु पनि मदिरा कै कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जनप्रतिनिधिले यसरी पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरी सभ्य समाज बनाउन पहल गरेको कैलासका कमल विकले बताए । जनप्रतिनिधिले गरेको निर्णय सकारात्मक भएको भन्दै गाउँका सबैले यसमा साथ दिनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार