साउन ८, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् ।  

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् ।  

२०८२, ५ चैत्र बिहीबार
काठमाडौँ - KTM

निर्वाचन अघि संविधान संसोधन हुँदैन: नेपाल

२०७४, ८ श्रावण आईतवार ०८:३९


साउन ८, रामेछाप । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको चुनावपछि मात्रै संविधान संसोधनको कुरा गर्न सकिने बताएका छन् ।  

पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा प्रेस चौतारी रामेछापले रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पुष्पलालको जन्मगाउँ भंगेरीमा आईतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले अहिले निर्वाचन सम्पन्न गर्ने समय भएकाले यो समयमा संविधान संसोधनकाे कार्य अगाडि बढाउन नसकिने धारणा राखे ।

पुर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले संविधान संसोधन जनताको माग नभै मधेसका केहि राजनितिक दलको मात्रै माग भएको आरोप लगाए । संविधान संसोधन हुने दस्ताबेज भएपनि त्यसको पनि उपयुक्त समय आउने उनको भनाई छ । मधेसका केही दलहरु चुनावसंग डराएको उनले आरोप लगाए ।  

नेता नेपालले अबको प्रदेश र संघको निर्वाचनमा एमालेले बहुमतको शक्ति बनेर स्थायी सरकार चलाउने दाबि गरे । एमालेको सहि नीति विचार र कार्यक्रमका कारण जनताले मत दिएर ठुलो पार्टी बनाएको उनको भनाई छ ।

यसैबिच नेता माधव कुमार नेपालीको गाडिको शिसा फुटाएको आरोपमा नेपाली काँग्रेसका २ कार्यकर्तालाई अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले त्यसको बिरोध गरेको छ ।

नेपाली काँग्रेस रामेछाप नगर समन्वय समितिले बिना प्रमाण आफ्ना दुई जना कार्यकर्ता सागर कुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले समातेको भन्दै प्रेस विज्ञप्ती मार्फत आपक्ति जनाएको हो ।

बरिष्ठ नेता नेपालको बा ५ च २७५० नम्बरको गाडि पार्किङमा राखेको ठाउँमा शनिबार राति ८ बजे एक्कासी पछाडीको सिसा फुटेपछी रामेछाप बजारमा त्यसैको बिषयमा आइतबार बिहान तनाव समेत उत्पन्न भएको थियो । 

यसका बारेमा प्रहरीले भने अनुसन्धान भैरहेको जनाएको छ । काँग्रेसले भने जुन पार्टीको नेता आउदा पनि सबैले स्वागत सत्कार गर्ने रामेछाप बजारमा एमालेले बिना कारण आरोप लगाई अशान्त रामेछाप बजार बनाउने काम गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा