साउन ९, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन "/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला नभए आन्दोलन गर्छौं’

२०७४, ९ श्रावण सोमबार ०९:४९

साउन ९, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाहरुको सहभागिताको विषयलाई लिएर ३३ प्रतिशत सुरक्षित नभए कडा भन्दा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महिला संघकी अध्यक्ष उमा रेग्मीले २५ फुलमन्त्री मध्ये एकतिहाई मन्त्री महिलालाई सहभागी नगराईए सरकारको बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।

उनले भनिन्,‘हामीले विगतदेखि नै विभिन्न सकारमा महिला सहभागिताका बारेमा विशेष जोडले आफ्ना कुराहरु उठाउदै आएका छौ, अहिलेपनि हाम्रै पार्टी सरकारमा छ, माओवादी केन्द्रको सहभागिता छ, दुई पार्टी यतिबेला महिलाको सहभागिताको बारेमा गम्भिर हुनुपर्छ।’

मन्त्रिपरिषद निमार्णको करिब टुङ्गो लागिसकेको समयमा आन्दोलन गछौ, खबरदारी गछौँ भन्नु भनेको बेमौसमी बाजा भएन र ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष रेग्मीले भनिन्,‘अहिले फलाम तातेको छ, हामी घन बजाउँछौँ, घन सही ठाउँमा प्रहार गर्नेछौँ, हामीले विगतदेखि नै यस सहभागितालाई आफ्नो पहिलो आन्दोनलको माग सम्झिँदै आएका छौँ, त्यसैको फलस्वरुपमा स्थानीय तहको निर्वाचनमा महिला सहभागिता केही हदमा उपस्थिति राम्रो भएको छ।’

विकास पूर्वाधारसम्बन्धि विभिन्न आयोगमा महिला सहभागिताको संख्या न्यूनतम रहेको भन्दै अध्यक्ष रेग्मीले योजना आयोगमा महिलाको सहभागितालाई अनिवार्यता हुनपर्ने बताईन् ।

त्यस्तै कार्यक्रममा संघकी कोषाध्यक्ष जानकारी सिंहले पनि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाहरुको सुनिश्चितता हुनुपर्नेमा जोड दिईन। आफूहरुको खबरदारी वास्ता नगरिए कडा आन्दालेन गर्ने चेतावनीलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माँग पूरा गर्ने वचन दिएको उनले जानकारी दिईन् ।

यद्धपी उनले प्रधानमन्त्रीको उक्त आश्वासनबाट आफुहरु अझै विश्वस्त नभएको कोषाध्यक्ष सिंहले बताईन ।

उनले भनिन्,‘हामीले यो पत्रकार सम्मेलन गर्नुपूर्व प्रधानमन्त्रीलाई खबरदारी दिएका छौँ, उहाँले म बिचर गर्छु भन्नु भएको छ, हामीले बिचार गरेर हुँदैन कुनै पनि हालतमा क्याविनेटमा ३३ प्रतिशत अनिवार्य सहभागिता हुने ऐन नियम बनाउनुपर्ने माग राखेका छौँ, यदि हाम्रो खबरदारी र मागहरू प्रति गम्भिर नभए हाम्रो विकल्प आन्दोलन हो, त्यसको परिणाम सरकारले व्यहोर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा