साउन ९, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला नभए आन्दोलन गर्छौं’

९ श्रावण २०७४, सोमबार ०९:४९

साउन ९, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाहरुको सहभागिताको विषयलाई लिएर ३३ प्रतिशत सुरक्षित नभए कडा भन्दा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महिला संघकी अध्यक्ष उमा रेग्मीले २५ फुलमन्त्री मध्ये एकतिहाई मन्त्री महिलालाई सहभागी नगराईए सरकारको बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।

उनले भनिन्,‘हामीले विगतदेखि नै विभिन्न सकारमा महिला सहभागिताका बारेमा विशेष जोडले आफ्ना कुराहरु उठाउदै आएका छौ, अहिलेपनि हाम्रै पार्टी सरकारमा छ, माओवादी केन्द्रको सहभागिता छ, दुई पार्टी यतिबेला महिलाको सहभागिताको बारेमा गम्भिर हुनुपर्छ।’

मन्त्रिपरिषद निमार्णको करिब टुङ्गो लागिसकेको समयमा आन्दोलन गछौ, खबरदारी गछौँ भन्नु भनेको बेमौसमी बाजा भएन र ? भनेर सोधिएको प्रश्नको जवाफमा अध्यक्ष रेग्मीले भनिन्,‘अहिले फलाम तातेको छ, हामी घन बजाउँछौँ, घन सही ठाउँमा प्रहार गर्नेछौँ, हामीले विगतदेखि नै यस सहभागितालाई आफ्नो पहिलो आन्दोनलको माग सम्झिँदै आएका छौँ, त्यसैको फलस्वरुपमा स्थानीय तहको निर्वाचनमा महिला सहभागिता केही हदमा उपस्थिति राम्रो भएको छ।’

विकास पूर्वाधारसम्बन्धि विभिन्न आयोगमा महिला सहभागिताको संख्या न्यूनतम रहेको भन्दै अध्यक्ष रेग्मीले योजना आयोगमा महिलाको सहभागितालाई अनिवार्यता हुनपर्ने बताईन् ।

त्यस्तै कार्यक्रममा संघकी कोषाध्यक्ष जानकारी सिंहले पनि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाहरुको सुनिश्चितता हुनुपर्नेमा जोड दिईन। आफूहरुको खबरदारी वास्ता नगरिए कडा आन्दालेन गर्ने चेतावनीलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माँग पूरा गर्ने वचन दिएको उनले जानकारी दिईन् ।

यद्धपी उनले प्रधानमन्त्रीको उक्त आश्वासनबाट आफुहरु अझै विश्वस्त नभएको कोषाध्यक्ष सिंहले बताईन ।

उनले भनिन्,‘हामीले यो पत्रकार सम्मेलन गर्नुपूर्व प्रधानमन्त्रीलाई खबरदारी दिएका छौँ, उहाँले म बिचर गर्छु भन्नु भएको छ, हामीले बिचार गरेर हुँदैन कुनै पनि हालतमा क्याविनेटमा ३३ प्रतिशत अनिवार्य सहभागिता हुने ऐन नियम बनाउनुपर्ने माग राखेका छौँ, यदि हाम्रो खबरदारी र मागहरू प्रति गम्भिर नभए हाम्रो विकल्प आन्दोलन हो, त्यसको परिणाम सरकारले व्यहोर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता