२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता खेल्न नेपाल आइपुगिन् साम्बा

२०८१, ५ फाल्गुन सोमबार १२:१६

काठमाडौँ | अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सोमबार बिहान स्वदेश आइपुगेकी छिन् । फ्रान्समा लिग खेलिरहेकी साम्बा सोमबारदेखि सुरू हुने च्याम्पिनयनसिप खेल्न नेपाल आइपुगेकी हुन् ।

उनले आज कीर्गिस्तानसँग हुने पहिलो खेल भने गुमाउने सम्भावना छ । च्याम्पियनसिपमा नेपालले आज साँझ ६ बजे पहिलो खेलमा किर्गिस्तानसँग खेल्दैछ । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलमा साम्बाको उपस्थितिबारे भनेका थिए, ‘सायद उनले पहिलो खेलमा रेस्ट गर्छिन् होला ।’

 

 

यसअघि प्रतियोगिताका लागि युएईको लिग खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइपुगेकी थिइन् । पाँच दिनअघि कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट नेपाल फर्किएकी थिइन् । प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ । दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ । प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन् । नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

यस्तो छ नेपाली टोली

गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई

मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ

फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

खेल तालिका
फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ६ बजे

फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे

फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार : साँझ ६ बजे

फागुन १४ गते
फाइनल : साँझ ६ बजे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा