८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा एमालेले जिल्ला समन्वय समितिका उम्मेदवारकाे टुङ्गो लगायाे (नामसहित)

११ श्रावण २०७४, बुधबार १६:३८


प्रज्वल पाैडेल/साउन ११, रामेछाप ।
नेकपा एमाले रामेछापले जिल्ला समन्वय समितिकाे उम्मेदवारहरूकाे टुङ्गो लगाएकाे छ ।

बुधबार बसेकाे एमाले रामेछापकाे जिल्ला कमिटीको १५ अाैँ सचिवालय बैठकले सर्वसम्मत रूपमा उम्मेदवारहरूकाे टुङ्गाे लगाएकाे हाे ।
बैठकले जिल्ला समन्वय समितिकाे सभापति/ प्रमुखमा खाँडादेवी गाउँपालिकाका प्रेम बहादुर खड्का र उपसभापति/उपप्रमुखमा लिखु गाउँपालिकाका दीपा पाख्रिनलाई सिफारिस गरेकाे एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयाे ।


उहाँका अनुसार बैठकले समितिकाे सदस्यहरूमा दाेरम्बा गाउँपालिकाबाट निडाेल्मा शेर्पा,गाेकुलगंगा गाउँपालिकाबाट राधिका गुरूङ, उमाकुण्ड गाउँपालिकाबाट मैयाँ सार्की, लिखु गाउँपालिकाबाट रमेश वाग्ले, रामेछाप नगरपालिकाबाट पुर्ण बहादुर महत, मन्थली नगरपालिकाबाट गणेश माझी र रामबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

८ स्थानीय तह रहेकाे रामेछापमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर,उपमेयर गरि १६ जना मतदाताले नगरपालिका र गाउँपालिकाबाट वडा सदस्य पदमा निर्वाचित भएका मध्येबाट ९ जना चुनिने प्रावधान छ ।

रामेछाप जिल्लामा एमालेकाे स्पष्ट बहुमत रहेकाले एकलाैटी रूपमा जिल्ला समन्वय समिति निर्माण हुने लगभग पक्का भएकाले काङ्ग्रेस, एमाअाेवादी समितिमा अाउन नसक्ने अाँकलन गरिएको छ ।

यसैविच जिल्ला समन्वय समितिको निर्वाचन गर्न आईतबार जिल्ला समन्वय समितिमा कार्यालय स्थापना भएकाे छ ।

जिल्ला समन्वय समिति रामेछापको निर्वाचन आगामी साउन २० गते शुक्रवार गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटिका अनुसार १६ गते जिल्ला समन्वय समितिका सभापति उपसभापति र ७ जना सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने र २० गते निर्वाचन गरी सोहि साँझ निर्वाचन परिणाम सार्वजनिक गरिने तालिका रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए