२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाबाट झोँक्किर हिँडेका नारायणकाजी सुनसरीको कार्यक्रममा जोडिए

२०८१, १५ फाल्गुन बिहीबार १४:०२

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को तराई–मधेस जागरण अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुन: जोडिएका छन् । श्रेष्ठ बिहीबार सुनसरीको बर्जु गाउँपालिकाको शुक्रबारे चोकमा आयोजित सभामा सहभागी भएका छन् ।

झापाको बनियानीमा गत सोमबार उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा कार्यक्रम सञ्चालक छेउमा आएर उभिएपछि श्रेष्ठ झोँक्किएका थिए । त्यहाँबाट हिँडेका उनी चितवन पुगेर त्यहाँ अर्को कार्यक्रममा सहभागी भएका थिए ।

सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम सञ्चालक पार्टीका झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफ गरेका थिए । यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्टीकरण दिँदै घटनालाई सामान्य बनाउन खोजेका थिए ।

श्रेष्ठ अभियानअन्तर्गत मोरङका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी भएनन् । सुनसरीका सभामा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष श्रेष्ठले समेत सम्बोधन गरिरहेका छन् । अभियानमा समाजवादी पार्टीका महेन्द्र राय यादव पनि जोडिएका छन् ।

शुक्रबारेमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले यो अभियान जनताका समस्या बुझ्न र पार्टीको नीति, कमजोरी र कार्यदिशा बुझाउन आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने