साउन १२, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकी परियोजनाले समयमा काम गर्न नसके सम्झौता रद्द हुन्छः उर्जामन्त्री

२०७४, १२ श्रावण बिहीबार ११:३४


साउन १२, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना र संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी परियोजना निर्माण कम्पनीले समयमै काम गर्न नसके उक्त सम्झौता रद्द गर्ने बताएका हुन् । उनले भने,‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी उक्त सम्झौता तत्काल खारेज गर्छौं।’ त्यस्तै उनले उक्त परियोजनाबारे मुआब्जा दिने काम पनि भैरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले यसअघि १६ अर्ब मुआब्जा रकम निकासा भैसकेको र अहिले १० अर्ब निकासाको तयारीमा रहेको जनाए । उनले भने,‘मुआब्जाकोलागि करिब ६० अर्ब रुपैयाँ रकम चाहिनेछ, मुआब्जाको समस्या हामी समयमै हल गर्छौं।’

मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।

त्यस्तै उनले विद्युत क्षेत्रको विकासको लागि उर्जा उत्पादनमा वृद्धि गरिनेपनि जनाए । उनले भने,‘उर्जा उत्पादनको लागि हाम्रो विशेष फोकस हुन्छ, मन्त्रालयमा बजेट कति छ, अनि जनताले शेयर ’

त्यस्तै मन्त्री शाहीले अब लोडसेडिङ् नहुने समेत जिकिर गरे । यद्धपी उनले ट्रान्समिसन लाईन मर्मत गर्दा र काम गर्दा केही क्षण डिस्टर्व भएपनि समग्रमा लोडसेडिङ् नहुने दाबी गरे ।

शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन । त्यस्तै उनले विद्युत व्यवस्थापन गर्नको लागि कम पावरको बल्ब र फ्यानहरुको प्रयोग गर्नुपर्ने बताए । शाहीले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने योजना दिए । सरकारी र राष्ट्रिय पुँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उनले स्प्ष्ट पारे । 

मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकता अनुसार विदेशी लगानी भित्र्र्याइने समेत विश्वास दिलाए ।

उनले भने,‘जनताको हितमा निर्णय लिनको लागि म मर्नपनि तयार छु, मुलुकलाई सँधैभरि परनिर्भर बनाईरहन खोज्ने दलालहरु र पुँजीपतिहरुलाई क्रश गर्नुपर्छ, हजारौं आयोजनाहरु अघि बढाउनुपर्छ, ढोंगी राष्ट्रवादले देश बन्दैन्।’

शाहीले मुलुक र जनताको हितको पक्षमा निर्णय लिनको लागि आफू कसैसँगपनि नडराउने स्पष्ट पारे । उनले भने,‘मर्नदेखि मलाई कुनै डर छैन, अख्तियार र अदालतले केही गर्छ भन्ने कुराबाट म डराउनेवाला छैन, जेल जान र मर्नपनि म तयार छु, तर जनता र देशको हितमा निर्णय लिने कुराबाट एक ईन्चपनि पछि हट्दिन्।’

उनले आफूले पदभार सम्हालेलगत्तै मन्त्रालय मातहतका निकायका प्रमुख र कर्मचारीलाई इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिईसकेको समेत जानकारी दिए ।

मन्त्री शाहीले एक हप्ताभित्रै विद्युत महशुल कारोबार अनलाईन डिजिटल प्रणालीमा अघि बढाउने समेत बताए । उनले भने,‘एक हप्ताभित्रै अनलाईनबाटै पेमेन्ट सुरु हुँदैछ, यसको लागि मैले निर्देशन दिईसकेको छु।’

शाहीले अहिलेको सरकारको मुख्य उद्देश्य भनेको नै समयभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले ठूला तथा नीतिगत निर्णय हुन नसक्ने स्विकार गरे । उनले नेपाल जलस्रोतको धनी देश भएपनि हामी गरिब भएर बस्नु परेको गुनास पोखे । उनले भने,‘हामीसँग प्रशस्तै खोलाहरु छन्, बगिरहेका छन्, तर हामीकहाँ पिउने पानी छैन्।’ अब आफूले योजना, भिजन र विशेष साहसका साथ काम गर्ने समेत उनले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा