६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

१९ फाल्गुन २०८१, सोमबार १७:०८

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)लाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन नसक्ने बताएकी छन् । गणेश पाण्डेको ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले एमालेसँग जनआधारित अनुशासित, समर्पित कार्यकर्ता र सदस्यको व्यापक विस्तारित पंक्ति रहेको बताइन् । एमालेसँग अनुभवी, संयमी र दृढ संकल्प भएको नेतृत्व तह रहेकाले कुनै घटनाले विचलित तुल्याउन नसक्ने उनको दाबी छ ।

“बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटनाले तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,” उनले भनिन् ।

भण्डारीले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परितर्वत गर्न एमालेको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरिन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिइन् । “अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री एक अब्बल एवं लोकप्रिय राजनेता हुनुहुन्छ,” उनले भनिन् ।उनले ओलीले एमालेले गुटफुटलाई परास्त गर्दै एकताबद्ध बनाएको भन्दै आगामी दिनमा पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरिन् । “नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दछु्,” भण्डारीले भनिन्, “साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।”

उनले नेता कार्यकर्ताको पनि त्यस्तै खालेको अपेक्षा रहेको सुनाइन् । उनले जबजको प्र्रभावकारी कार्यान्वयनका लागि ओली र पार्टीको सराहना गरिन् ।

त्यस्तै, पुस्तकमाथि बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले प्रधानमन्त्री ओलीलाई महानायकको संज्ञा दिए । “सम्माननीय प्रधानमन्त्रीको जुन उर्जा, गतिशीलता, सोच छ । जुन किसिमको सपना छ । ती सबैले सार्थकता पाउने हो भने हामी कहाँ हुन्थ्यौँ होला भन्ने सोच्ने गर्छु,” उनले भने ।

उनले सपनाहीन भएर लक्ष्यमा पुग्न नसकिने बताए । देश शक्तिशाली भएको भन्दै मानसिकता कमजोर भएको उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प