२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

२०८१, १९ फाल्गुन सोमबार १७:०८

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)लाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन नसक्ने बताएकी छन् । गणेश पाण्डेको ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले एमालेसँग जनआधारित अनुशासित, समर्पित कार्यकर्ता र सदस्यको व्यापक विस्तारित पंक्ति रहेको बताइन् । एमालेसँग अनुभवी, संयमी र दृढ संकल्प भएको नेतृत्व तह रहेकाले कुनै घटनाले विचलित तुल्याउन नसक्ने उनको दाबी छ ।

“बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटनाले तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,” उनले भनिन् ।

भण्डारीले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परितर्वत गर्न एमालेको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरिन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिइन् । “अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सिर्जनशील क्षमताका धनी प्रधानमन्त्री एक अब्बल एवं लोकप्रिय राजनेता हुनुहुन्छ,” उनले भनिन् ।उनले ओलीले एमालेले गुटफुटलाई परास्त गर्दै एकताबद्ध बनाएको भन्दै आगामी दिनमा पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरिन् । “नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दछु्,” भण्डारीले भनिन्, “साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।”

उनले नेता कार्यकर्ताको पनि त्यस्तै खालेको अपेक्षा रहेको सुनाइन् । उनले जबजको प्र्रभावकारी कार्यान्वयनका लागि ओली र पार्टीको सराहना गरिन् ।

त्यस्तै, पुस्तकमाथि बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले प्रधानमन्त्री ओलीलाई महानायकको संज्ञा दिए । “सम्माननीय प्रधानमन्त्रीको जुन उर्जा, गतिशीलता, सोच छ । जुन किसिमको सपना छ । ती सबैले सार्थकता पाउने हो भने हामी कहाँ हुन्थ्यौँ होला भन्ने सोच्ने गर्छु,” उनले भने ।

उनले सपनाहीन भएर लक्ष्यमा पुग्न नसकिने बताए । देश शक्तिशाली भएको भन्दै मानसिकता कमजोर भएको उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा