७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रणवीरको पडकास्ट ‘द रणवीर शो’ पुनः सुरु गर्न अदालतको अनुमति

२० फाल्गुन २०८१, मंगलवार १३:१८

 एजेन्सी | भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहबादियालाई उनको पडकास्ट ‘द रणवीर शो’लाई पुनः सुरु गर्न अनुमति दिएको छ । कुनैपनि अश्लील कुरा देखाउन नहुने सर्त अदालतको छ ।

युट्युबरले विवादित दृश्यलाई मात्र रोक लगाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । उनको यो निवेदनमा सुनुवाइ गर्दै अदालतले सर्तसहित शो सुरु गर्न अनुमति दिएको हो ।

समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’मा अभिभावकप्रति अभद्र टिप्पणी गरेको विवादपछि भारतका कतिपय सहरमा उनीविरुद्ध एफआइआर दर्ता भएको थियो । विवादपछि सेलिब्रेटीले अलाहाबादियाको पोडकास्ट ‘द रणवीर शो’ मा उपस्थित हुन अस्वीकार गरेका थिए ।

अल्लाहबादियाले आफूलाई पक्राउ नगर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । फेब्रुअरी १८ मा, अदालतले रणवीरको निवेदनमा अन्तरिम आदेश दिएको थियो । आदेशमा उनको गिरफ्तारीमा रोक लगाएको थियो । रणवीर र उनका सहकर्मीलाई अर्को आदेश नभएसम्म कुनै शो नगर्न समेत अदालतले भनेको थियो ।

अदालतका ३ सर्त के छन् ?

  • न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहले भनेका छन्, ‘शोका क्रममा अलाहबादिया अदालतमा चलिरहेको मुद्दाबारे हामी कुनै टिप्पणी गर्दैनौं ।’
  • अहिले उनीहरुले देश छाड्न पाउने छैनन् । अनुसन्धानमा सामेल भएपछि मात्र अनुमति दिन सकिन्छ ।
  • सबै उमेर समूहका मानिसका लागि शो बनाउनुपर्नेछ । यसका लागि उनीहरूले प्रतिवद्धता दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी