२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रणवीरको पडकास्ट ‘द रणवीर शो’ पुनः सुरु गर्न अदालतको अनुमति

२०८१, २० फाल्गुन मंगलवार १३:१८

 एजेन्सी | भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहबादियालाई उनको पडकास्ट ‘द रणवीर शो’लाई पुनः सुरु गर्न अनुमति दिएको छ । कुनैपनि अश्लील कुरा देखाउन नहुने सर्त अदालतको छ ।

युट्युबरले विवादित दृश्यलाई मात्र रोक लगाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । उनको यो निवेदनमा सुनुवाइ गर्दै अदालतले सर्तसहित शो सुरु गर्न अनुमति दिएको हो ।

समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’मा अभिभावकप्रति अभद्र टिप्पणी गरेको विवादपछि भारतका कतिपय सहरमा उनीविरुद्ध एफआइआर दर्ता भएको थियो । विवादपछि सेलिब्रेटीले अलाहाबादियाको पोडकास्ट ‘द रणवीर शो’ मा उपस्थित हुन अस्वीकार गरेका थिए ।

अल्लाहबादियाले आफूलाई पक्राउ नगर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । फेब्रुअरी १८ मा, अदालतले रणवीरको निवेदनमा अन्तरिम आदेश दिएको थियो । आदेशमा उनको गिरफ्तारीमा रोक लगाएको थियो । रणवीर र उनका सहकर्मीलाई अर्को आदेश नभएसम्म कुनै शो नगर्न समेत अदालतले भनेको थियो ।

अदालतका ३ सर्त के छन् ?

  • न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहले भनेका छन्, ‘शोका क्रममा अलाहबादिया अदालतमा चलिरहेको मुद्दाबारे हामी कुनै टिप्पणी गर्दैनौं ।’
  • अहिले उनीहरुले देश छाड्न पाउने छैनन् । अनुसन्धानमा सामेल भएपछि मात्र अनुमति दिन सकिन्छ ।
  • सबै उमेर समूहका मानिसका लागि शो बनाउनुपर्नेछ । यसका लागि उनीहरूले प्रतिवद्धता दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा