३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कूलमानलाई शून्य नम्बरबारे मन्त्री खड्का : उहाँले टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन

२२ फाल्गुन २०८१, बिहीबार १५:२४

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन फाराम नै नभरेका कारण शून्य अंक पाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले पुसमा एकैचोटी मेरो यति अंक आएको छ भनि कुलमानले मन्त्रालयमा नम्बर बुझाएको बताए ।

जाँचमा भाग नै नलिने विद्यार्थीले आफूले आफैंलाई नम्बर दिन मिल्छ कि मिल्दैन भनेर उनले प्रश्न गरे । ‘विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ ? मलाई भनिदिनु पर्‍यो’, उनले भने । खड्काले कुलमानलाई ०७८ साउन २७ मा नियुक्ति गर्दा नै कार्यसम्पादनका आधारमा पुरस्कृत कि निष्काशन हुने भन्ने तोकिएको बताए । ‘नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्काशन गर्ने भन्ने उल्लेख भएको रहेछ’, उनले भने ।

कूलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको उनले सुनाए । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उनले बताए । कूलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको उनले स्पष्ट पारे ।

कुलमानले सरकारका कुनै पनि अनुरोधलाई नटेरेका खड्काले बताए । कूलमानले प्राधिकरणको नाफा यकिन गर्न नै नदिएको उनको भनाइ छ । कूलमानले देशलाई लोडसेडिङमुक्त गरेको भन्नेलाई भारतबाट ४५० मेगावाट विद्युत् ल्याएर नेपाललाई लोडसेडिङ मुक्त गरिएको कुरा नबिर्सन आग्रह गरे । केपी प्रधानमन्त्री हुँदा भारतको बिजुली किन्ने कुराको निर्णय भएको उनले स्मरण गराए । कूलमानले कसैका कुरा पनि नसुन्ने र सरकार र मन्त्रालयलाई नटेरेका कारण प्रश्न सोधिएको उनले बताए । ‘केही पनि नमान्ने, कसैलाई सन्नै नपर्ने, यस्तो पनि हुन्छ र ?’, उनले भने ।

खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताए । नभए सांसदहरूले ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू’ भनी कटाक्ष गरे। ‘कि मलाई भनिदिनु पर्‍यो माननीय ज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन। संविधानमा लेखिदिनु पर्‍यो’, उनले भने । अहिलेको व्यवस्थामा कानुनको पालना गर्ने सबैको दायित्व भएको उनको भनाइ छ । श्री ५ र श्री ३ को सरकार मात्रै कानुनभन्दा माथि रहेको उनले बताए । ‘उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन। चिन्दै चिन्नु भएन’, मन्त्री खड्का भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट