२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिससको नाम टुङ्गो लगाउन तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस

१३ श्रावण २०७४, शुक्रबार ०३:१३

टेक शाही/साउन १३, डोल्पा । जिल्ला समन्वय समिति डोल्पाको पादाधिकारिको नाम चयनको टुङ्गो लागदैछ । 

समन्वय समितिका पदाधिकारिको सँयोजक र उपसँयोजकको नाम चयन गर्न नेकपा एमाले जिल्ला कमिटि डोल्पालाइ सकस परेको छ । 

श्रावण २० गते हुन गईरहेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमालेबाट व्यापक छलफल पछि संयोजक तथा उप–संयोजकका उम्मेद्वारको नाम टुङग्याईएको छ ।

नेकपा एमाले जिल्ला कमिटि डोल्पाले तिन दिनको व्यापक छलफलपछि मात्र जिल्ला समन्वय समितीको उप–संयोजकको नाम टुङ्ग्याएको सचिवालय सदस्य बबिकिशोर गूरुङ्गले जानकारि दिए । 

गुरुङ्गले भने उप सँयोजकमा नर बहादुर बुढाको मात्र नाम भएको कारण सर्वसम्मत जस्तै भएको र संयोजकामा भने बिवाद चर्कीएपछि तिन जनाको नाम प्रदेश कमिटीमा शिफारिष गरिएको जानकारि दिए  ।

प्रदेशमा नामा शिफारिष हुनेमा पहिलो तुलाचन्द्र बुढा,दोस्रो शेर बहादुर बुढा र तेस्रो छक्क धरालाको नाम शिफारिष गरिएको प्रचार विभाग प्रमुख गुरुङ्गले जानकारी दिए ।

संयोजकमा नाम शिफारिष हुनेमा तुलाचन्द्र बुढा जिल्ला कमिटि उपाध्यक्ष हुन, शेर बहादुर बुढा जिल्ला कमिटि सदस्य हुन भने धरला जिल्ला कमिटी पुर्व सचिव भइ सकेका हुन ।

डोल्पा जिल्लामा स्थानिय तहमा स्पष्ट बहुमत ल्याउने ३३ जिल्ला भित्र पर्ने भएकोले जिल्ला समन्वउ समितिमा एमालेले आफना सदस्यहरु छनौट गर्दै छ । तिन दिनको बृहत छलफल पछि पनि सँयोजको नलागेको र सबैले आ आफनै अडान राखे पछि सचिवालय बैठकले ३ जनाको नमा प्रदेशमा पठाएको हो ।

तुलाचन्द्र बुढा बरियतामा पनि आफु अगाडि भएको र जिल्ला कार्य समिति भित्रको बरिष्ठ सदस्य तथा हाल जिल्ला कमिटिको उपाध्यक्षको हैसियतले पनि सायेजक पाउनु पर्ने दावि गर्छन । 

तर शेर बहादुर बुढा जिल्ला कमिटि सदस्य मात्र भएको भएता पनि साँसद धन बहादुर निकट भएको कारण बुढाले नै पाउने सम्भावना धेरै देखिन्छ । पूर्व पार्टी सचिव समेत रहेका छक्क धराला भने आफु यूवा जगतको भएको कारण पनि आफुले पाउने दावी गरेका छन । 

बिस बर्ष पछि भएको स्थानीय चुनाव अगाडी नेपाली काङ्ग्रेस पार्टीप्रती रुष्टहुँदै पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका राम प्रसाद महतलाई जिल्ला समन्वयको उप–संयोजकमा ल्याउने प्रतिबद्धताका साथ नाम चर्चामा ल्याईएपनि उनी संयोजक तथा उप–संयोजक दुईवटै पदमा छनोटमा पर्न सकेनन् ।

डोल्पा जिल्लामा जिल्ला समन्वय समितिमा ७ सदस्यि जिल्ला समन्वय समितिको गठन हुने छ । 

डोल्पाका आठवटै स्थानीय तहहरुमा एमालेको प्रस्टै वहुमत भएकाले जिल्ला समन्वयमा एमालेका उम्मेद्धारहरु निर्विकल्प छनोट हुनेछन् । सँयोजकको नाम चयनको लागि आन्तरिक छलफलमा ब्यस्त भएकोले अन्य सदस्यको लागि भने कता र कस्लाइ दिने कुनै पनि छलफल नभएको एमालेले डोल्पाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य