१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई धरौटीमा छाड्ने आदेशका दुई कैफियत प्रतिवेदन उच्च अदालतमा

२२ फाल्गुन २०८१, बिहीबार १७:२७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा दुई जिल्ला अदालतले गरेका आदेशको कैफियत प्रतिवेदन उच्च अदालतमा पुगेका छन्।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशको कैफियत प्रतिवेदन उच्च अदालत पोखरामा पुगेको हो। यसैगरी, सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सो आदेशको कैफियत प्रतिवेदन पनि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुगेको छ।

बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रुपन्देही जिल्ला अदालतको आदेशसम्बन्धी कैफियत प्रतिवेदन बुधबार बुटवल इजलासमा दर्ता भएको हो। उनले भने, “आज दर्ता भएपछि अर्को हप्ताका लागि पेसी तोकिन सक्छ।” साथै, सरकारी वकिलको मागअनुसार छविलाल जोशीको मुद्दासँगै राख्ने वा नराख्ने निर्णय इजलासबाट हुनेछ।

उच्च अदालत पोखराले भने सुप्रिम सहकारी ठगीमा अन्य व्यक्तिहरूका निवेदनसमेत दर्ता भएकाले उनीहरूको कैफियत प्रतिवेदन आएपछि मात्र पेसी तोक्ने तयारी गरेको छ। उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरूले भने, “अन्य निवेदनमा पनि कैफियत प्रतिवेदन मगाउने आदेश भएकाले सबै प्रतिवेदन प्राप्त भएपछि मात्र पेसी तोकिनेछ।”

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सरकारी वकिलले फागुन १ गते उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए।

त्यसै मुद्दामा पूर्वडीआईजीसमेत रहेका सञ्चालक छविलाल जोशीलाई भने न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। सो आदेशविरुद्ध जोशी पक्षले दिएको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको थियो।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडीको संयुक्त इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो। फागुन ८ मा भएको सो आदेशअनुसार १३ दिनपछि प्रतिवेदन बुधबार बुटवल इजलासमा पुगेको हो। कैफियत प्रतिवेदन कुनै अदालतले गरेको आदेश वा फैसलामा त्यसको आधारसहित तयार पारिने आधिकारिक प्रतिवेदन हो, जुन माथिल्लो तहको अदालतले माग गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी