२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजालाई प्रचण्डको चेतावनीः इतिहासको चक्का पछाडि फर्किन्छ भनेर सोच्नुभन्दा मुर्खता केही हुँदैन

२०८१, २२ फाल्गुन बिहीबार १८:१०

काठमाडौँ  | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजसंस्थाको कुनै गुञ्जायस नरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राजसंस्था फर्काउने दुस्साहस कुनै पनि हालतमा सफल नहुने बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रले पार्टी खोलेर चुनाव लड्दामात्रै पनि झन ठूलो मूल्य चुकाउनुपर्ने बताए । अब जनताले निरङ्कुश राजतन्त्रलाई नमान्ने उनको चेतावनी छ ।

‘इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मुर्खता हो । अहिले धेरै नेताहरुले भनेको मैले सुनिराखेको छु– पूर्वराजा नागरिक भइसकेका छन्, नागकिकको रुपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । त्यो मुर्खता उनले गरे भने त्यसको मूल्य झन ठूलो चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैनन् । त्यो कुरा बुझे हुन्छ,’– उनले भने ।

साथै, प्रचण्डको पूर्वराजासँग उठीबसी रहेको भनी केही तत्वहरुले भ्रम फैलाएको पनि उनले बताए । त्यसरी फैलाइएको भ्रमलाई जनताले नपत्याउने पनि प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले पहिला पनि पटक–पटक मुर्खता देखाइसकेको बताउँदै अब उक्त गल्ती नदोहोर्याउने सुझाव दिए । ‘अहिले केही मान्छेहरुले इतिहास फर्किन्छ भन्ने सोच्नु त्यो भन्दा मुर्खता केही पनि हुँदैन । यो भन्दा अगाडि पनि ज्ञानेन्द्रले धेरै मुर्खता गरिसकेका छन् । फेरि अहिले त्यो काम नगरून् । मेरो सुझाव यही हो,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने