६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरपोर्ट गएर पूर्वराजा शाहलाई स्वागत गर्न प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको आग्रह

२५ फाल्गुन २०८१, आईतवार १२:०८

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने भन्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन्।

उनले लेखेका छन्,’सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’

शाहीले जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्।

‘१६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौं। राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ। अदालत कार्यकर्ताको बनायौं,’उनले अगाडि लेखेका छन्,’प्रहरी कार्यकर्ताको बनायौ। कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङ डङ्गती गनायौ। तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने? अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो जसलाई भनिन्छ राज संस्था?’

यस्तै, अभिनेत्री मनिसा कोइरालाले पनि पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजा शाहको स्वागतमा सहभागी हुन सबैलाई आग्रह गरेकी छन्। ‘आदरणीय आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमांंडु सवारी हुँदैछ, सरकारको भब्य स्वागत गरौं,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प