काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा एउटै भीडमा देखिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे पोखराबाट काठमाडौं फर्किने तालिका छ । उनको स्वागतका लागि राजावादी पार्टी र समूहहरू विमानस्थलमा भेला भएका छन् ।
पूर्वराजा शाहका समर्थकहरूले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीहरूले पनि कडाइ गरिरहेका छन् ।